arrow

जाम्बियाका पूर्वराष्ट्रपति अस्पतालमा

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
uk-princess-anne-kenneth-kaunda.jpg

लुसाका । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना भएका  छन् । 

जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या देखिएपछि युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना गरिएको जानकारी दिए । 

उनले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको पनि बताए । चिकित्सकहरूले उनको उपचारपछि बिहीबार डिस्चार्ज गर्नसक्ने अनुमान गरिएको जाम्बियाको सरकारी प्रसारण संस्थाले जनाएको छ । 

उपराष्ट्रपति इनोन्गे विनाले पूर्वराष्ट्रपति काउन्डालाई बुधबार बिहान अस्पतालमै गएर भेटेको पनि समाचारमा जनाइएको छ । 

काउण्डा देशको स्वतन्त्रताका लागि लडेपछि सन् १९६४ देखि १९९१ सम्म जाम्बियाको राष्ट्रपति बनेका थिए। सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ