arrow

एसएसबीलाई कुट्ने नेपाली युवक पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1374174163.jpeg

कैलाली । भारतीय सीमा सुरक्षा बल एसएसबीमाथि जाई लागेको आरोपमा कैलालीको भजनीत्रिशक्ति नगरपालिका–७ गोदामटोलका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने २० वर्षीय गोविन्द कडायत हुन् ।

भारतबाट जर्किनमा करिब ५० लिटर डिजल ल्याउँदै गरेका उनलाई भारतीय सुरक्षा बल एसएसबीले डिजल दिने मान्छे चिनाउन भन्दै भारतमा लान खोजेकामा विवाद भएको थियो ।

कडायतलाई भारतीय सुरक्षाकर्मीले भारत लान खोजेपछि स्थानीयको सहयोगमा आडले एसएसबीका सदस्यहरुमाथि जाई लागेका थिए । एसएसबीले नेपाल भारत सीमा नजिक रहेको भजनी ईलाका प्रहरी कार्यालयमा आफूहरुमाथि आक्रमण भएको जानकारी गराएपछि प्रहरीले कडायतलाई पक्राउ गरेको हो ।

कडायतले ११५ नम्बरको सीमा स्तम्भ नजिकैबाट ट्राक्टरका लागि डिजल बोकेर आउँदै गर्दा एसएसबीले आफुलाई पक्राउ गर्न खोजेको बताए । भारतीय एसएसबीको ज्यादतीपछि पनि कडायतलाई पक्राउ गरेको भन्दै विरोधमा भजनीका स्थानीयले बजार बन्द गराएर प्रहरीविरुद्ध नाराबाजी गरे ।

प्रहरी निरीक्षक भरत शाहले भारतबाट डिजल ल्याउदै गर्दा भारतीय एसएसबीले कडायतलाई सोधपुछ गरेको र अवैध बाटोबाट डिजल ल्याउन खोज्दा घटना भएको सुनाए । प्रहरी निरीक्षक शाहले एसएसबीलाई कडायतले आक्रमण गरेपछि पारीबाट केही समय नाका बन्द गरेको र पछि छलफलबाट नाका खोलाइएको समेत जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ