arrow

रसियाली बालबालिकाको बिषयमा पुटिन र ट्रम्पबीच वार्ता

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
tramp_and_putin.jpeg

मस्को (रसिया) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकारका बिषयमा जी–२० शिखर सम्मेलनको अवसरमा छलफल गरेको क्रेमलिनले बिहीबार जनाएको छ । 

अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकार गरेको बिषयमा छलफल भएको कुरा म विश्वास दिलाउन चाहन्छु तर यसबारे थप कुरा भन्न सक्दिन, क्रेमलिन प्रवक्ता दिमित्री पेश्कोभले नियमित पत्रकार सम्मेलनमा बताए । प्रवक्ताले अमेरिकी नागरिकले रसियाली टुहुरा बालबालिकालाई अङ्गीकार गर्नमा प्रतिबन्ध लगाइएको दिमा याकोभलेभ कानून रद्द गरिन लागेको हो त भन्ने विषयमा छलफल नभएको जनाएका छन्। 

जुन सन् २०१२ को डिसेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ल्याएको कानूनलाई अमेरिकाको म्याग्निट्स्की ऐनको बदलास्वरूप ल्याइएको बताइने गर्छ । उक्त ऐन अमेरिकाले सन् २०१२ को अन्त्यतिर नै ल्याएको थियो । म्याग्निट्स्की ऐनले रसियाली वकिल सर्गेइ म्याग्निट्स्कीको हत्यामा सम्लग्न मानिएका रसियाली अधिकारीमाथि राजश्व छलीको आरोपमा लगाई अमेरिका भ्रमणमा रोक लगाउन भिसा नदिने र उनीहरूको सम्पत्ति जफत गर्ने विषयको व्यवस्था गरेको थियो । 

अमेरिकी सञ्चारमाध्यमले यसहप्ताको शुरुदेखि नै पुटिन र ट्रम्पबीच जी–२० शिखर सम्मेलनको अवसरमा दुई घण्टाको औपचारिक कुराकानी बाहेक गोप्य दिवा भोजमा सरिक भएको समेत छापेका थिए । ह्वाइट हाउसले बुधबार एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दिवा भोजमा छोटो कुराकानी बाहेक कुनै दोस्रो छलफल नभएको जनाइएको थियो । 

यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै गोप्य भोजबाट आएका खबर सवै बनावटी अर्थात् आधारहीन समाचार भएका भन्दै बुधबारै खण्डन गरेका थिए। सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ