arrow

अफ्रिकी क्रिकेट टिम कप्तानबाट अमलाको राजिनामा, डि विलियर्स नयाँ कप्तान

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
AB_Amla.jpg.jpeg.jpeg
एजेन्सी। इङ्गल्याण्ड बिरुद्धको दोस्रो टेस्ट बराबरीमा सकिए पछी दक्षिण अफ्रिकी कप्तान हसिम अमलाले कप्तानी छोडेका छन्। अमलाको राजिनामा पछि  एबी डि विलियर्स ले अफ्रिकाको कप्तानी समाल्ने छन्। कप्तानी छोडेपनि अमला खेल्न भने छोडने छैनन्। अमलाको राजिनामा पछि दक्षिण अफ्रिकी व्यवस्थापनले डिविलियर्सलाई नयाँ कप्तानको प्रस्ताव गरेपछि उनले सहजै स्विकारेका थिए। डिविलियर्स ईङ्ल्याणसँगको बाँकी श्रृखंलाकालागि नयाँ कप्तान नियुक्ता भएका हुन् । 
 
गत बर्ष भएको भारत बिरुद्दको टेस्ट सिरिजमा कमजोर प्रदशर्न पछी अत्याधिक आलोचित बनेका अमला इङ्गल्याण्ड बिरुद्दको पहिलो टेस्टमा घरेलु समर्थकका बिचमा लजास्पद हार सामना गर्नु परेपछि थप सङ्कटमा परेका थिए। इङ्गल्याण्ड बिरुद्दको दोस्रो खेल पनि बराबरीमा सकिएका ले उनी कप्तानी छोड्ने निष्कर्षमा पुगेका हुन।
 
पत्रकार सम्मेलनको क्रममा उनले भने 'यो निर्णय लिन मेरो मेरो लागि कठिन छ तर म यो निर्णयमा खुसी छु। अब मैले मेरो खेलमा ध्यान दिने समय आएको छ। अफ्रिकाको कप्तानी गर्दा म गौरवान्वित हुन्थे। उक्त समय मेरा साथी, स्टाफ,कोच ,समर्थक सबैबाट सहयोग गर्नु भएकोमा सबैलाई धन्याबाद ।' 
 
अमलाको कप्तानी यात्रा 
सन् २०१४ मा स्मिथको संन्यास पछि अफ्रिकाको कप्तानि समालेका अमलाले कप्तानको रुपमा कुल १४ खेलको नेतृत्व गरेका थिए।  जसमा समान ४ खेलमा जित र हार ब्यहोरेको छ भने बाकीँ ६ खेल बराबरीमा सकिएको छ।उनको नेतृत्वमा अफ्रिकाले श्रिलंका,जिम्वाबे तथा वेस्टईन्डिज बिरुद्दको खेलमा जित हात पारेको थियो भने भारतसग लजास्पद हार ब्यहोरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ