arrow

श्रीलंका बिरुद्ध न्युजिल्याण्डको रोमान्चक जित

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Srilanka_NZ.jpg.jpeg

एजेन्सी। पहिलो टि-२० खेल अन्तर्गत  वाय ओभल खेल मैदानमा भएको श्रीलंका बिरुद्धको प्रतिस्पर्धात्मक खेलमा न्युजिल्याण्ड ३ रनले विजयी भएको छ । टस हारेर ब्याटिङ्को निम्तो पाएको घरेलु टोलीले  निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १८२ रन जोड्न सफल भयो। उसका लागि मार्टिन गुप्टिलले ३४ बलको सामना गरि ५८ रन बनाए भने केन विलियमसनले ४२ बल खेल्दै ५३ रन बनाए। श्रीलंकाको तर्फबाट कुलशेकराले २ विकेट लिएका थिए।

१८३ रनको बिजयी लक्ष्य पछ्याएको श्रीलंकन टोली निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७९ रनमा समेटियो। श्रीलंकाका लागि आफ्नो पहिलो खेल खेलिरहेका गुडथिलकाले आक्रमक ब्याटिङ्गको प्रदशन गरेका उनले केवल २९ बलमा ४६ बनाए पनि त्यो  श्रीलंकाका लागि हार टार्न पर्याप्त भएन।

श्रीलंकालाई कम रनमा रोक्ने क्रममा हेनरी र बोल्टले समान ४-४ विकेट न्युजिल्याण्डका लागि बाँडेका थिए। यो जित सगैँ २ खेलको श्रृखंला न्युजिल्याण्डले १-० को अग्रता लिएको छ। दोस्रो खेल आईतबार हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ