arrow

प्रहरीले पेट्रोल भुइँमा खन्यायो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1517072025.jpeg

कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट ल्याएर महँगो मूल्यमा बिक्री गर्न राखिएको ५० लिटर पेट्रोल भुइँमा खन्याइदिएको छ ।

जिल्ला प्रहरी उपरीक्षक विक्रम गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार तौलिहवा बजार–४ जितपुर र पिपरा बजारमा मिनरल वाटरमा बिक्रीका लागि राखिएको ५० लिटरभन्दा बढी पेट्रोल नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

जिल्लाका विभिन्न ठाउँबाट उपभोक्ताले कालोबजारी गर्ने गिरोहले भारतबाट पेट्रोल ल्याएर महँगो मूल्यमा बिक्री गरेको गुनासो गरेपछि आफूहरु बजार अनुगमनमा लागेको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताए ।
६५ दिनदेखिको तराई बन्द र भारतले गरेको नाकाबन्दीको मौका छोपी कपिलवस्तुमा पेट्रोलियम पदार्थमा कालोबजारी बढेको चर्चा सर्वत्र फैलिएपछि प्रहरीले अनुगमनमा जुटेको गुरुङको भनाई छ ।

यसरी महंगोमा बेच्ने पेट्रोलियम पदार्थ समेत मिसावट भएको बताए । कपिलवस्तुमा अहिले पेट्रोलियम पदार्थको कालोबजारीका कारण उपभोक्ता बढी मूल्य तिरेर पेट्रोलियम पदार्थ किन्न बाध्य छन् ।
भारतसँग जोडिएका सीमानाकाबाट दैनिकजसो नेपाली नम्बर प्लेटका सयौँ मोटरसाइकल भारतीय बजारमा पुगेर तेल भरेर ल्याउने एउटा गिरोह नै लागेको प्रहरीको भनाई छ ।
उनीहरुले भारतीय बजारबाट पेट्रोल र डिजल ल्याएर कपिलवस्तुका विभिन्न बजारमा खुलेआम रुपमा पेट्रोल एक सय ८० रुपैयाँदेखि दुई सय ५० रुपैयाँसम्म र डिजल एक सय ६० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ