arrow

पूर्व महान्यायाधिवक्ताको हत्यामा संलग्न अठ्ठाइसले पाए मृत्युदण्ड

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
fassi.jpg

कायरो ।इजिप्टका पूर्व महान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न २८ अपराधीहरुलाई मृत्युदण्डको सजायँ सुनाएको छ।  सन् २०१५ मा इजिप्टका महान्यायाधिवक्ताको हत्या भएको थियो । मृत्यु दण्ड सजायबारे कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको इजिप्टेली सरकारी टेलिभिजनले प्रसारण गरेको छ।

महान्यायाधिवक्ताको हत्यामा संलग्न अन्य १५ अपराधीलाई आजीवन कारावास, ८ जनालाई १५ बर्ष र १५ जनालाई १० बर्षको कारावास सजायँ तोकेको समाचारमा उल्लेख छ।  सजायँ सुनाइएका सबै अभियुक्तहरुलाई आतङ्ककारी संगठनसँग आबद्ध रही अबैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतङ्क फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो । 

महिनाजति अघि सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा  फौजदारी अदालतले ३१  जना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिने गरी गरेको फैसला अनुमोदनका लागि ग्य्राण्ड मुफ्तिू कहाँ पेश गरेको थियो । इजिप्टमा विद्यमान इस्लामिक कानून बमोजिम जटील तथा सङ्गीन अपराध बापत अदालतले दण्ड सजायँ तोकेपछि मुलुकका सर्बोच्च इस्लाम धर्माधिकारी (ग्य्राण्ड मुफ्ति) को सहमति लिनु अनिवार्य हुन्छ । अदालतले एकतीसजना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिएकोमा ‘ग्य्राण्ड मुफ्ति बाट अठ्ठाइसको मात्र अनुमोदन भएका जनाइएको छ । 

सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतङ्ककारीहरुको एक समूहले कार बम बिस्फोटन गराई उनको बिभत्स हत्या गरेका थिए । हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जनाजति अपराधीहरुलाई पक्रिइ तिनीहरु उपर ज्यानमारा मुद्दा चलाएको थियो । यी मध्ये एकजनाको कालगतिले मृत्यु भई सकेको छ । 

महान्याधिवक्ता हत्याकाण्ड अघि, अन्तर्राष्ट्रिय आतङ्ककारी समूह इस्लामिक स्टेट्ससँग आवद्ध, इजिप्टको सिनाइमा अखाडा जमाउँदै आएको अन्सार बेइत अल्–मक्दिस् समूहले अदालतका फलाना फलाना न्यायाधीशहरुउपर आक्रमण गर्नु भनी आफ्ना समर्थकहरुका नाममा आदेश चलाउने गरेको थियो । 

हत्याकाण्डमा परी मारिएका हिसाम बराकत, इजिप्टका कट्टरपन्थी पूर्व इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सी अपदस्थ भएलगत्तै सन् २०१३ मा इजिप्टको महान्याधिवक्ता पदमा नियुक्त  भएका  थियो ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ