arrow

‘मोनो रेल’ले १३ रुपैँया भाडा लिने ठाउँमा १५ त लिँदैन होला नि !

'स्मार्ट सिटी'

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ साउन १० मंगलबार
bhada_news.jpg

काठमाडौं । त्यसै पनि व्यस्त शहर काठमाडौं । मानिसको उस्तै भीडभाड । चापा–चाप । मुलुकको बागडोर भएको ठाउँ । राजधानी । त्यसै भीडभाड हुने भइहाल्यो ।

यहाँ घुम्न वा अत्यावश्यक कामका लागि आउनेहरु मात्रै छैनन् । थुप्रैले भविष्यका कयौँ सपनाहरु झोलामा कैद गरेर आउँछन् । र, मनमा पनि ।

सबैका आ–आफ्नै योजना र बाध्यता छन् । कसैले धौ–धौ जीवन धान्दा हुन् त कोही रातारात मालामाल हुँदा हुन् । यहाँ एकै थरीका मान्छेहरु छैनन् ।

तर, महंगी भने साह्रै अचाक्ली । जेनतेन गर्जो टार्नेहरुलाई भने सास्ती । कामकाजीलाई काठमाडौंमा घर हुनेलाई जस्तो मनमौजी छैन ।

सार्वजनिक सवारी साधनको त कुरा गरी साध्य नै छैन । सवारी साधनको भीड उस्तै । तर, सवारी भाडामा भने कञ्जुस्याँइ । फट्याँइ । गाडिको भीड भए त अलिक सस्तो हुनु नि ! सुलब हुनु नि ! यातायात व्यवस्था विभागले दुई तीन वर्षमा एक पटक भाडा समायोजन गर्छ ।

तर, उसले सवारी धनी र सञ्चालक समितिलाई नै फाइदा पुग्ने गरी भाडा समायोजन गरिदिन्छ । गाडी चढ्यो कि १३ रुपैँया लागिहाल्यो । तर, सवारीका चालक र सहचालकको हिसाब भने कहिल्यै मिल्दैन । उनीहरुले हिसाब मिलाउनै जान्दैनन् । १३ रुपैँया भाडा लिने ठाउँमा उनीहरुले १५ रुपैँया भाडा लिन्छन् ।  

एक व्यक्तिसँग होइन हरेक व्यक्तिसँग । विद्यार्थीले परिचयपत्र देखाए १० रुपैयाँ तिरे भइहाल्यो । वृद्धवृद्धाहरुले लामो समय सडक तताएपछि सरकारले जेष्ठ नागरिकको परिचयपत्र बनाइदियो । उहाँहरुले पनि सजिलै सहुलियत पाए–नपाएको अनुगमन कसैले गर्दैन । एउटै गाडीमा यात्रा गर्नेहरुले कसैले किन बढी भाडा लिएको समेत पनि भन्दैनन् । कसैले मुख फोडिहाले त्यो सबैको नजरमा अबुझ र मुर्ख ठहरियो ।

एकाध पत्रिकाले बेला–बेला भाडा समायोजन भएन भनेर खबर लेख्छन् । पाठक पढ्छ, पूरा नपढि पत्रिका पट्याउँछ । भन्छ पत्रिकाले जेपायो त्यही लेख्छ । यसरी चलिरहेको छ । राजधानीको दैनिकी । यतिमै सकिँदैन भावी 'स्मार्ट सिटी'को कथा । अब त स्थानीय सरकार आयो । स्थानीय सरकारले नगरबस मात्रै होइन स्काइ रेल, मोनो रेल कुदाउने छ ।

स्काइ रेल र मोनो रेलमा पनि भोलि खुद्रा छैन भन्दै १३ रुपैँया लिने ठाउँमा १५ नै पो लिने हो कि ? यि कानले कयौँ दिन सुने गाडी पानीले गुड्दैन हजुर, पेट्रोल महंगो छ ? कतिपटक घट्यो पेट्रोलियम पदार्थको भाउ ? किन घटेन सार्वजनिक यातायातको भाडा ? किन १३ को १३ रुपैँया लिने व्यवस्था मिलाउन सकिँदैन । किन सम्झाइँदैन यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई ? कि पेट्रोलको मूल्य घट्दा बाटो चैँ तन्किन्छ ? किन सरकारले शहरभित्र गाडि चढ्दा खुद्रा पैसा अनिवार्य भनेर पनि निर्देशिका ल्याउँदैन ? यसरी ताेकिएकाे भन्दा बढी लिएकाे भाडा जाेड्दा ठगिकाे जाेड कति हुँदाे हाे ? कसैले जाेड्छ कि जाेड्दैन हाेला ?

मोनो रेलले भोलि तोकिएकै भाडा त लिन्छ होला नि सरकार ? सडक दुर्घटना र सवारी सञ्चालकहरुको व्यवहारको कुरा त के गर्नु ? सबैलाई थाहा भएकै कुरा हो ।

काठमाडौंको बानेश्वरमा भेटिएकी सीता भुजेललाई पनि सार्वजनिक सवारीको यात्रा निकै नरमाइलो लाग्दो रहेछ ।
उनले भोगाइले भरिएको पोको खोलिहालिन् ‘आपm्नो मन खुसीले भाडालिन्छन मार्का भनेको गाडी चढ्नेलाई पर्छ । अस्ति म बानेश्र बाट न्युप्लाजासम्म गएको १७ रुपैया तिरे । साँभm आउँदा २० रुपैयाँ लियो । मनोमानी छ । चालकलाई सोधि पनि हाले । किन बढी भाडा लिएको । उसले सजिलै भन्यो भाडा २० नै हो ।’

३ रुपैयामा के किच्चकिच गरेको ? भन्ने शब्द त सामान्य भइसक्यो कुनै दिन सयको नोट दिँदा फिर्तै नदिई गाडि कुदाइहाल्छन्। भाडाको सूची नदेखिने ठाउँमा टाँसिएको हुन्छ ।  हामीलाई थाहाँ हुदैन, उनले भनिन् । आफुसँग खुद्रा हुँदैन । ठिक्क पैँसा दिए पनि उनीहरुले राम्रो अनुहारले हेर्दैनन् ।

यस्तै,  पवित्रा भण्डारीको अनुभव पनि कम छैन । तर, उनी सोझै राज्यको कमजोरी भन्छिन् । सरकारले कडाई गर्नु पर्छ, उनले भनिन् ‘बढी भाडा लिनेलाई कारबाही हुनु पर्छ । अनुगमन गर्नु पर्छ । ट्राफिकले कारबाही गरेको पैँसा पनि यात्रुबाटै असुल्ने प्रवृत्ति बढेको छ ।’

मनोमानीको हद भयो, उनले थपिन्, ‘मान्छे गुन्द्रुक खाँदेको जस्तो खाँद्छन् । त्यस्तोमा भाडा कसको कति लियो थाहै हुँदैन ।’ कामकाजीहरुलाई समयमै आउने जाने गर्नु पर्ने हुन्छ । हतारोको फाइदा गाडी वालाले नै उठाउँछन् । सवारी व्यवस्थापन हुन सकेन ।’

गाडीमा थेगिनसक्नु हुँदा पनि हिँडाउँदैनन् । कुरा गरिहाले तपाईलाई ढिलो भयो पैदल जानुस भन्ने जवाफ आउँछ । कसैले ट्याक्सी चढ्नुस् भन्छन् त कसैले ओर्लिनुस् भन्दै झर्कि र फर्कि गर्छन्, उनले भनेकी छन् । यस्तै हो भने के को स्मार्ट सिटी ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ