arrow

फिफा बरियतामा नेपाल एसियाकै पुछारमा

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
nepal.jpg.jpeg
काठमाडोँ। विश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा झरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियताअनुसार चार स्थान तल झरेको नेपाल १९६ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १९२ औं स्थानमा रहँदा दक्षिण एसिया क्षेत्रको पुछारमा श्रीलङ्का दुई स्थान तल अर्थात १९४ औँ स्थानमा थियो । तर भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई १–० ले पराजित गरेको श्रीलङ्काले बरियतामा नेपाललाई अन्तिममा पुर्‍याएको छ । भुटानलाई पनि पछि छोडेको श्रीलङ्का आठ स्थान माथि उक्लदै १८८ औं स्थानमा रहन सफल भएको छ । 
 
भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपको उपाधि गुमाउनका बावजुद अफगानिस्तान दक्षिण एसियाको शीर्ष स्थानमा कायम रहँदा तीन स्थान तल झर्दै १५३ औं स्थानमा छ । त्यस्तै समान स्थान तल झरेको माल्दिभ्स १५७ औं स्थानका साथ दोस्रो स्थानमा कायम छ भने साफको उपाधि विजेता भारतले तीन स्थान प्रगति गर्दै १६३ औं स्थानमा छ । त्यसैगरी तीन स्थान नै प्रगति गरेको बङ्गलादेश १७९ बरियताका साथ चौथो, एक स्थान तल झरेको पाकिस्तान १८५ अर्थात पाँचौं स्थानमा तथा चार स्थान गुमाएको भुटान १९२ बरियतामा रहँदा सातौं स्थानमा छ । 
 
यो महिना कुनै अन्तर्राष्ट्रिय खेल नभएकाले बरियताको शीर्ष २२ स्थान अघिल्लै महिनाअनुसार यथावत छ । जसमा बेल्जियम, अर्जेन्टिना, स्पेन, जर्मनी, चिली, ब्राजिल, पोर्चगल, कोलम्बिया, बेलायत र अष्ट्रिया क्रमशः प्रथमदेखि दशौं स्थानसम्म कायम छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ