arrow

भ्रमण भिसामा कामदार पठाउनेलाई कारबाही 

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
TIA.jpeg

काठमाडौं । भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । 

राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखौं असुल गरी संयुक्त अरब इमिरेट्स यूएईमा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरेको हो ।

यी ट्राभल एजेन्सीले पठाएका मध्ये १९ जना यूएईमा अलपत्र परेका थिए । अर्थलाइनले पठाएका १४ जना मंगलबार राति नेपाल फर्किएका छन् । अर्थलाइनले ३ लाख ५० हजार रुपैयाँसम्म असुल गरी उनीहरूलाई यूएई पठाएको थियो ।

ट्राभल एजेन्सीबाट कामदार पठाउने कार्य गैरकानुनी भएको र मानव तस्करीभित्र पर्ने भन्दै यसको छानबिन गृहबाट हुनुपर्ने श्रमले जनाएको छ । 

अध्यागमन विभागले छानबिन गर्न भन्दै उनीहरूको राहदानी नियन्त्रणमा लिएको छ । पीडितले पनि ट्राभलविरुद्ध उजुरी दिने तयारी गरेका छन् । 

‘चार साथीहरू ओभरस्टे भएको कारण जरिवाना नतिरेसम्म आउन पाउने छैनन्,’ पाख्रेवास–९, धनकुटाका २३ वर्षीय वीरेन्द्र घिसिङले भने, ‘हामी १४ जनाको भिसा अवधि सकिनुअघि नै उद्धार भयो ।’ 

उद्धार हुनेमा वीरेन्द्र घिसिङ, कनार गुरुङ, मुकेश घले, तेजबहादुर गुरुङ, अर्जुन नेगी, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर डाँगी, नेत्र राउत, सुरेन्द्रप्रकाश चन्द, पूर्णबहादुर पुन, पदमलाल वली, पूर्ण राजवंशी र जीवन घिसिङ छन् । 

कुलबहादुर केसी, लोकबहादुर डाँगी र विनोद नेपाली दुई महिनादेखि ओभरस्टे भएकाले स्वदेश फिर्न सकेका छैनन् । उनीहरूले ५ हजार दिराम यूएईको अध्यागमनलाई बुझाएपछि मात्रै नेपाल आउन पाउने उनीहरूले बताए ।  (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ