arrow

इन्धन अभावको अवसर राष्ट्रिय गौरवको आयोजनामा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
481876885.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल राजमार्गअन्र्तगत पाँचथरको फिदिमस्थित जोरसाल–तमोर नदीसम्मको सडक निर्माण कार्य अवरुद्द भएको छ । 

इन्धन अभावले एक सातादेखि सडक निर्माण कार्य अवरुद्द भएको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक तेजकुमार कुरुम्बाङले जानकारी दिए ।

इन्धन आपूर्ति सहज नभएकोले अझै दुई हप्ता पछि मात्रै काम सुचारु हुने उनले बताए । जोरसालदेखि तमोर नदीसम्मको १० किलोमिटर सडकखण्डको नालीको कटिङ,ग्राभेलको काम भइरहेको छ । 

गत २०७१ जेष्ठ २७ गते देखि सम्झौता भई काम शुरु गरेको आयोजना अढाई वर्ष भित्र सक्नुपर्ने छ । ३० करोड ४८ लाख ९८ हजार २ सय ९४ रुपैयाको लागतमा निर्माण कार्य शुरु भएको हो ।

जोरसाल देखि ५ किलोमिटर दूरीमा रहेको कोहिरी भन्ने स्थानमा ढुंगा गिटी उत्खन्नको समयमा भएको विवाद लगायतका कारणले पनि काम तिव्र रुपमा अघि वढ्न नसकेको प्रवन्ध निर्देशक कुरुम्बाङले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ