arrow

आन्दोलन अन्त्य गर्ने मोर्चाको तयारी

वाहनाको खोजी

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
Madheshi-Morcha-.jpg.jpeg
 
काठमाडौ । लामो समयदेखि तराई मधेशमा आन्दोलन गर्दै आईरहेको मधेशी मोर्चाले आन्दोलनलाई टङग्याउने उपायको खोजी गर्न थालेको छ । 
 
आन्दोलनमा जनसहभागीता लाजमर्दो हुदै गएको र आन्दोलनले मधेशी जनतालाई नै सकस पारेकाले आफुहरुप्रतिको वितृष्ण बढ्दै गएको ठानेर मोर्चाले आन्दोलन अन्त्य गर्ने वाहनाको खोजी गर्न लागेको हो । 
 
मोर्चाका अधिकाँश नेताले आन्दोलनका कारण मधेशका जनताको जनजीवन कष्टकर भएको र प्रमुख दलसँगको वार्ता पनि सकारात्मक रुपमा अगाडि बढेको अवस्थामा आमहड्ताल फिर्ता गर्नुपर्ने धारणा राखेका छन् । तर केही नेताहरुले भने आफूले राखेका माग पूरा भइनसकेको अवस्थामा आमहड्ताललाई निरन्तरता दिएर थप दवाब सिर्जना गर्नुपर्ने बताएका छन् ।
 
मोर्चाको विहिवारको बैठकमा आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने वा नगर्ने वा आमहड्ताललाई निरन्तरता दिने वा नदिने विषयमा नेताहरुको फरक फरक धारणा आएको छ ।
 
आन्दोलनका बारेमा नेताहरुको एकमत नभएकाले मोर्चाको बैठक आज शुक्रवार बस्नेगरी विनानिश्कर्ष सकिएको थियो । 
 
तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने आजको बैठकमा पनि आन्दोलनलाई कसरी अन्त्य गर्ने वा आन्दोलनको स्वरुप परिवर्तन गर्ने भन्ने विषयमै छलफल हुने नेताहरुले बताएका छन् । 
 
आम हड्ताललाई जारी राख्ने संभावना न्युन रहेको एक नेताले बताए । “ अहिले नै आम हड्ताल फिर्ता हुन्छ भन्न त म सक्दीन, तर मोर्चाले हड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गर्ने संभावना बढी छ,” ति नेताले भने 
 
मोर्चाले मधेशका जिल्लामा २ वटा प्रदेश बनाइनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने लगायतका माग राखेर करिब ५ महिना अगाडिदेखि आन्दोलन गर्दै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ