arrow

सम्पदा भट्टी साहुनी बनेपछि

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1310779236.jpeg

काठमाडौं । गीतकार तथा गायक आतिस लामाको नयाँ गीत ‘भट्टीको साहुनी’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आतिस र विक्रम थापाको संयुक्त संगीत रहेको भिडियोमा किरण लाकौल र सम्पदा बानियाँले अभिनय गरेका छन् ।

भिडियोमा सम्पदा भट्टीको साहुनी बनेकी छन् । तोङ्बा खान आएका किरण र कमेडियन महादेवलाई सम्पदाले तोङ्बा दिएपछिको अवस्थालाई गीतले प्रस्तुत गरेको छ । गीतमा टंक बुढाथोकीले एरेञ्जमेन्ट गरेका छन् । स्वर्णीम इन्टरटेनमेन्टमा पोष्ट प्रोडक्सन गरिएको भिडियोमा अर्जुन पोखरेलको सम्पादन तथा श्रीधर पौडेलको छायांकन र निर्देशन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ