arrow

बंगबन्धु गोल्ड कपमा आज नेपालले मलेसियाको सामना गर्ने

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
Nepal-football-team.jpg.jpeg
काठमाडौँ । नेपालले डिफेन्डिङ च्याम्पियन मलेसियाको सामना गर्दै बङ्गलादेशमा आयोजित बंगबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको सामसुल हुदा स्टेडियममा नेपालले भोलि दिउँसो ३:१५ बजे मलेसियाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्न लागेको हो । विभिन्न आठ टोलीले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 
 
यसमा नेपाल ‘समूह ए’ मा परेको छ । ‘समूह ए’मा मलेसिया, बङ्गलादेश र श्रीलङ्का छन् । त्यसैगरी ‘समूह बी’ मा भने बङ्गलादेश, बहराइन, माल्दिभ्स र कम्बोडिया छन् । नेपाली टोलीको गोलकिपरमा एलन न्यौपाने, अमृत चौधरी र विकास कुथु छन् भने डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, रविन श्रेष्ठ र मनबहादुर तामाङ समावेश छन् । 
 
त्यसैगरी मिडफिल्डरमा अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ परेका छन् भने स्ट्राइकरको जिम्मेवारी विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामाले पाएका छन् । टोलीको प्रशिक्षकमा भने बालगोपाल महर्जन र गोलकिपर प्रशिक्षकमा उपेन्द्रमान सिंह हुनुहुन्छ । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बङ्गलादेश र श्रीलङ्का आज नेपाली समयअनुसार दिउँसो ३ः०० बजे आमनेसामने हुँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ