arrow

संयमतालाई कमजोरी नबुझ्न भारतलाई चीनको चेतावनी

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
china-fires.jpg

एजेन्सी । चीनले भारतलाई अहिलेसम्म सीमामा संयम र सद्भावना देखाएको बताएको छ । चीनले बिहिबार साँझ वक्तव्य जारी गर्दै संयम आफ्नो बटमलाइन भएको भन्दै भारतले यसलाई कमजोरी नबुझ्न चेतावनी दिएको छ । बिहिबारै भारतीय विदेशमन्त्री सुषमा स्वराजले दुई देशबीचको द्विपक्षीय सम्बन्ध  राम्रो हुन सीमामा शान्ति हुनुपर्ने बताएकी थिइन् ।  

समाचार एजेन्सीका अनुसार चीनका रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओकियांगले भने , "जबदेखि दुई देशबीच सीमा विवाद रहेको छ, त्यसबेलादेखि चीनले सद्भावना नै देखाइरहेको छ। हामीले विवादलाई कूटनीतिक तरिकाबाट  सुल्झाउन पनि कुरा गरेका छौं । हाम्रो पिपुल्स लिबरेशन आर्मी (पिएलए) ले संयम देखाएको छ । हामी आफ्नो क्षेत्रमा शान्ति चाहन्छौ तर यसलाई गलत तरिकाले नबुझियोस।"

गुओकियांगले भने - 'भारत सो भ्रमबाट जोगिन आवश्यक छ । विश्वका कुनै पनि देशले  पिपुल्स लिबरेशन आर्मीलाई कमजोर नसम्झे हुन्छ ।  हाम्रो सेना सम्प्रभुता र सुरक्षाका लागि योग्य छन् ।'

चीन सिक्किम क्षेत्रको डोकलाम इलाकामा सडक बनाउँदैछ। डोकलामको पठारमा चीन, सिक्किम र भूटानको सीमा जोडिन्छ । भूटान र चीन सो इलाकालाई आफ्नो भएको दाबी गर्छन् ।  भारत भूटानलाई सहयोग गर्दैछ। भारतमा सो स्थानलाई डोकलाम र चीनमा डोंगलोंग भनिन्छ।

'सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्रेटजी' का अनुसार चीन भारतसँग तीन कारणले जटिलता रहेको छ ।वन बेल्ट-वन रोड प्रोजेक्टलाई भारतले स्विकार नगर्नु यसको पहिलो कारण हो । जसले चीनलाई ठुलो नोक्सान पुर्‍याउने छ । दोस्रो, अमेरिकासँग भारतको नजिकिदो सम्बन्ध । थिङ्कट्याकका अनुसार , तेस्रो र ताजा कारण चाहि  भूटानको डोकलाम सीमा विवाद हो । १६  जुनमा पिएलए डोकलाम इलाकामा घुसेर सडक बनाउन सुरु गर्‍यो ।
 
सो समय रोयल भूटान आर्मीको गस्ति टोलिले चिनियाँ सैनिकलाई रोक्ने प्रयत्न गरेका थिए । तर चीनले नमानेपछि भूटानको आग्रहमा भारतीय सेना सो स्थानमा पुगेको हो । भारतीय सैनिक यति चाडो डोकलाम पुग्नेछ भन्ने चीनले अन्दाज लगाउन सकेको थिएन । चीन सो स्थानलाई आफ्नो इलाका मान्छ । भारत सो स्थानमा भुटानसँग भएको सन्धिका कारण पुगेको हो । यो चीनलाई मन परेको छैन किनभने त्रिसंगममा सडक बनाउने प्रोजेक्ट रोकिएको छ ।

चीन जहाँ सडक बनाउदैछ सो इलाकाबाट २० किलोमिटरको  भुभाग सिक्किम र पूर्वोत्तर भारतीय राज्यसँग जोडिन्छ । जसलाई  ‘चिकेन नेक’ पनि भनिन्छ । चीनले सो  इलाकामा दखल बढाए भारतको कनेक्टिविटीमा असर पर्नेछ । भारतको कयौ राज्य चीनको तोपको दुरिमा पर्नेछ ।

यदि चीनले सडक बनाए भूटानको इलाकामा घुस्ने मात्र नभइ भारतको सिलीगुड़ी करिडोर माथि पनि उसको अधिकार बन्न सक्नेछ । २०० किमी लम्बाइ र ६० किमी चौडा सिलीगुडि करिडोर पूर्वोत्तर राज्य भारतको बाकी राज्यसँग जोड्छ । यसैले सो क्षेत्रमा भारत चीनको उपस्थिति चाहादैन ।

२१ जुलाईमा विदेशमन्त्री सुषमाले राज्यसभामा भनिन्, "यदि चीन सिक्किममा त्रिपक्षिय बिन्दु मा यथास्थिति बनाइ राखे भारतको सुरक्षा माथि चुनौती हुनेछ । वन बेल्ट वन रोड परियोजना चाइना-पाक आर्थिक मार्ग हामीलाई थाहा भएसँगै सोहि समय बिरोध गर्नु पर्नेथियो ।'

उनले भनिन् " डोकलाममा त्रिपक्षिय बिन्दु रहेको छ जुन २०१२ मा एक लिखित समझौता भएको थियो जसमा केहि परिवर्तन गर्न परे भारत, चीन र भूटानबीच बहसपछि हुनेछ । चीन लगातार सिमामा आइरहेको छ । कहिले निर्माणको नाममा कहिले अन्य नाममा । तर यसपटक चीन सिधै त्रिपक्षिय बिन्दुमा आएको छ । कुनै पनि एक तर्फि निर्णय हाम्रो सुरक्षा व्यवस्थाको लागि खतरा हुनेछ ।'

सुषमाले ३ अगस्टको राज्यसभामा भनिन् , "लडाइ कुनै समस्याको सामाधान होइन । डोकलाममा चीनसँग मिलेर विवाद सुल्झाउने प्रायस गरिरहेको छ, हाम्रो द्विपक्षीय सम्बन्ध माथि पनि  चीनसँग कुराकानी भइरहेको छ । विवादको हल कूटनीति तरिकाले निकाल्नु नै बुद्धिमानी हुनेछ ।"

९ जुलाईदेखि भारतीय सेना र पिएलए डोकलाम  बोर्डरमा ६०-७० जनाको टुकडि सय मिटरको दूरीमा आमने-सामने रहेका छन् । दुवै देशका सेना सो स्थानबाट १०-१५ किलोमिटरमा तैनाथ रहेका छन् ।

भारतले डोकलामबाट आफ्नो सेना बिना शर्त फिर्ता गर्न चीनले राखेको माग अस्विकार गरेको छ । चीनको सरकारी पत्रिका पीपुल्स डेलीको एक रिपोर्टरको प्रश्नमा भारतीय विदेश मंत्रालयका प्रवक्ता गोपाल बागलेले सो बताएका हुन् ।

बागले भने, "हामिले डोकलाम मामिलामा आफ्नो हेराइ र  बाटो खोज्ने तरिकाबारे चीनको अगाडिनै स्पष्ट गरेका छौ ।" बागले भने , "सीमा विवाद सामाधान गर्न दुवै देशबीच पहिले देखिनै एउटा  सिस्टम बनेको छ  र अहिले चलेको विवादलाई पनि सोहि सिस्टमले सामाधान गर्नेछ । इन्टरनेशनल कम्युनिटीले सो विवादको सामाधान दुवै देशबीच कूटनीतिज्ञ तबरले हुनु पर्दछ भनेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ