arrow

चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छः नेता थापा

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन् । 

सनिबार प्रजातान्त्रिक योद्धा, समाजसेवी एवम नेपाली काँग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको दशौँ स्मृति दिवसमा बोल्दै थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोधनलाई आजै टुग्याउने तयारी भइरहेको बताए । 

थापाले  अनशनरत डा गोविन्द केसीको माग पूरा गर्नुपर्नेमा जोड दिँदै विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले चासो दिइरहेको बताए । 

कार्यक्रममा उनले स्थानीय गणेश प्रावि बालकोटका ५७ जना बालबालिकालाई पोशाक, झोला एवम् स्टेशनरी सामान वितरण गरेको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष कार्की, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सांसद रामेश्वर ढुंगेल, पूर्व सांसद लेखनाथ न्यौपानेलगायतले प्रजातन्त्र स्थापनाका लागि कार्कीले पुर्याएको योगदानको चर्चा गरे । 

सोही कार्यक्रममा भएको रक्तदानमा एक सय ५१ जनाले रक्तदान गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ