arrow

दुरसंञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा यादव निर्वाचित

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
NTA-employee-election.jpg

काठमाडौं। नेपाल दुरसंञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा बिजय कुमार राय यादव सर्वसम्वत रुपमा निर्वाचिन भएका छन। त्यसैगरी उपाध्यक्षमा सुनिता पाण्डे, सचिवमा राजेन्द्र थापा, कोषाध्यक्षमा नवराज पुरी तथा सदस्यहरुमा सूर्य प्रसाद लामिछाने, बिष्णु हरी पौडेल, याम महरा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मिन प्रसाद अर्यालले जानकारी दिए।

प्राधिकरणको प्राङ्गडमा भएको अधिवेशनको खुल्ला सत्रमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत, प्राधिकरणका अध्यक्ष दिगम्बर झा, निर्देशक पुरुसोत्तम खनाल लगायतको उपस्थिति रहेको थियो। यस अघि प्राधिकरणको कर्मचारी युनियनको अध्यक्षमा अच्युतानन्द मिश्र रहेका थिए।

Image may contain: 4 people, people standing and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ