arrow

पशुपतिले निर्वाचन आयोगमा बुझाएको विवरण र निवेदन रद्द गर्न राप्रपाको माग

‘आयोगमा बुझाएको विवरणमा ७ जना फर्जी केन्द्रीय सदस्य’

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
kamal_thapa_new1.jpg

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले पशुपतिशमशेर राणाले निर्वाचन आयोगले दल दर्ताका लागि वुझाएको विवरण फर्जी रहेको आरोप लगाएको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनका लागि आयोगमा दर्ता गरिएको ६४ जनाको विवरणमा उल्लेख ७ जना केन्द्रीय सदस्य नै नरहेको जिकिर गरेको हो ।

राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निवेदनमा नाम उल्लेख भएकाहरु मध्ये ७ जना केन्द्रीय सदस्य नरहेको केही व्यक्तिहरुको किर्ते हस्ताक्षर रहेको तथा केही केन्द्रीय सदस्यहरु पार्टीको मूल प्रवाहमै नरहेको स्पष्ट भएको छ ।’

राप्रपाको विधानमा केन्द्रीय कार्यमितिमा एक सय ६५ जना रहने व्यवस्था छ । राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनको निमित्त केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशतको समर्थन आवश्यक पर्दछ ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा विभाजनको उद्देश्य राखि निर्वाचन आयोगमा गएको साउन २२ गते दिइएको निवेदनमा ४० प्रतिशत केन्द्रीय सदस्यहरुको समर्थन नरहेको स्पष्ट भएकाले अविलम्ब सो निवेदन खारेज गर्न निर्वाचन आयोग समक्ष राप्रपा अनुरोध गर्दछ ।’

निर्वाचन आयोग कुनै प्रभावमा नपरेर संविधान र कानुन संवत निर्णय गर्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाले सरकार मधेस समस्या समाधान गर्न उदासिन रहेको, पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको, राप्रपालाई विभाजित गर्ने कार्यमा परोक्ष भूमिका खेलेको तथा आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ