arrow

चीनमा ७.० म्याग्निच्युडको भूकम्प, ५ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
earthquake-china.jpg

बेइजिङ । चीनको सिचुवान प्रान्तमा ७.० म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । 

चिनियाँ भूकम्प मापन केन्द्र सिइएनसीले जनाए अनुसार स्थानीय समय अनुसार मङ्गलबार राति ९ः २० बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ । 

भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । 

सन् २००८ मा सिचुवान प्रान्तमा आएको शक्तिशाली भूकम्पमा परी ७० हजार मानिसको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ