arrow

राष्ट्रसङ्घद्वारा भेनेजुयलामा सुनियोजित रूपमा प्रदर्शनकारीमाथि दमन गरेको भन्दै आलोचना

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
UN-Logo.jpg

जनेभा  । संयुक्त राष्ट्रसङ्घले भेनेजुयलामा विपक्षीको प्रजातान्त्रिक आन्दोलनमाथि सुनियोजित दमन गरेको मङ्गलबार जनाएको छ । 

सरकारले मुलुकभर प्रतिपक्षीमाथि दमन गरेको बताउदै आन्दोलनकारीमाथि सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि कम्तीमा ४६ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । भेनेजुएलाको सरकारले विपक्षीविरुद्ध हिंसात्मक रुपमा छापा मार्नुका साथै धेरैलाई यातना दिएको र क्रुर व्यवहार गरेको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बताएको हो । 

भेनेजुएला आउने अनुरोधबारे त्यहाँका अधिकारीहरुले उत्तर नदिएपछि राष्ट्रसंघले टाढैबाट अन्तर्वार्ता गरेको र अन्तर्वार्ता कै आधारमो त्यस्तो निश्कर्ष निकालिएका राष्ट्रसंघले जनाएको छ । अन्तवार्तामा घटनालाई प्रत्यक्ष देखेको बताउने भेनेजुएलाबासीले सुरक्षा फौजले बिना चेतावनी अश्रु ग्यास र गोली प्रहार गरेको राष्ट्रसंघलाई बताएका छन् । 

मंगलबार जारी गरिएको एउटा वक्तव्यमा राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त जेइद राद अल हुसेनले टाढैबाट गत जुन र जुलाई महिनामा भेनेजुएलामा मानव अधिकारको स्थितिको नियमन गर्न अधिकारीहरुलाई खटाएको बताएका छन् । अप्रिल महिनामा प्रदर्शनहरु शुरु भएपछि अत्यधिक बल प्रयोगको प्रवृति देखिएको, हजारौं मानिसलाई मनलाग्दो रुपमा गिरफ्तार गरिएको, थुप्रैमाथि यातना लगायतको खराब व्यवहार गरिएको र सयौंलाई सामान्य अदालतको सट्टामा सैनिक अदालत लगिएको हुसेनले बताएका छन्। 

प्रदर्शनका क्रममा सुरक्षा अधिकारीमाथि पनि आन्दोलनकारीले बदलाको भाव दर्शाउँदै आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाए । एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ