arrow

कुमार सानु विराटनगर आउने

logo
कुमोद अधिकारी 
प्रकाशित २०७४ साउन २५ बुधबार
kumar_sanu.JPG

विराटनगर । भारतका चर्चित गायक कुमार सानु विराटनगर आउने भएका छन । आउदो असोज–७ गते दशैको अवसर पारेर हुन लागेको कार्यक्रमा सहभागी हुन कुमार सानु विराटनगर आउन लागेका हुन । 

मुन्टेज इन्टरनेशनल र फन एण्ड फुड भिलेज रिर्सोटको सयुक्त आयोजना हुन लागेको कुमार सानु लाईभ तथा कन्र्सटमा सहभागी हुन आफनो व्याण्ड सहित कुमार सानु विराटनगर आउने भएका हुन । 

विराटनगरको हाठखोला स्थित फन एण्ड फुड भिलेज रिर्सोटमा हुने कार्यक्रममा कुमार सानुले नेपाली भाषाका चार तथा २० वटा भन्दा वढि हिन्दि गित गाउने जनाइएको छ ।मुन्टेज इन्टरनेशनलले विराटनगरमा आज पत्रकार सम्मेलनगरी दशैको अवसर पारेर कुमार सानुलाई विराटनगर ल्याउन लागेको जनाएको छ ।

गायन क्षेत्रमा अन्तराष्ट्रिय पहिचान वनाएका कुमार सानुले वेलुका पाचवजेदेखी आफनो व्याण्डका साथ तिनघण्टा लाईभ कार्यक्रम गर्ने वताइएको छ । रिसोर्टका संचालन भुपाल राईले कुमार सानु संगै नेपाली कलाकार देविका वन्दना र हास्य कलाकार जितु नेपाल समेत कार्यक्रममा सहभागी हुने बताए । 

कार्यक्रम संचालनकाका लागि एक करोड भन्दा वढी खर्च लाग्ने वताइएको छ । त्यसकालागी एउटा टिकट ५ हजार र २५ सय रुपैयाको रहेको छ । कार्यक्रमा २० प्रतिशत दर्शक भारतिय सिमार्वतीक्षेत्रवाट आउने आयोजकले जनाएको छ ।

राईका अनुसार कुमार सानु लाइभ कार्यक्रका लागि नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो स्टेज निमार्णगर्न लागिएको छ । स्टेज ८० फिट लम्वाई र ४० फिट चौडाई रहने छ । कार्यक्रमा चार हजार दर्शक सहभागी हुने जनाइएको छ । त्यहि आधारमा कार्यक्रम स्थलको निमार्ण हुने राईले बताए । ९० को दशकमा उदाएका कुमार सानुले नेपाली र हिन्दीगरी अहिलेसम्म पाँचसय भन्दा बढी गीत गाएका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ