arrow

केन्यामा राष्ट्रपती निर्वाचनको ९० प्रतिशत गणना सकियो,  वर्तमान राष्ट्रपति  अगाडि

विपक्षीद्वारा धाँधली भएको आरोप 

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
Flag_of_Kenya.svg__.png

नैरोबी । केन्यामा मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना सुरु भएको छ । यस मत गणनामा हालका राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गर्नुभएको छ । 

पूर्वी अफ्रिकाको धनी देशको रुपमा रहेको यस राष्ट्रमा भएको राष्ट्रपति निर्वाचनको नतिजाको अर्का उम्मेदवार राइला ओडिङ्गाले भने असहमति व्यक्त गरेका छन् । उनले यस निर्वाचनको विरोघ गर्दै परिणाम पनि नक्कली भएको दावी गरेको प्राप्त समाचारमा जनाइएको छ । देशका विभिन्न मतदान केन्द्रहरुमा ९० प्रतिशत गणना सकिएको यस अवस्थामा ५४.६ प्रतिशतको हिसावले उनी अघि रहनु भएको र उहाँका निकटतम प्रतिद्वन्द्वी ओडिङ्गा भने ४४ .५ प्रतिशत मतले अगाडी बडैका छन् । 

अन्तिम गणनाका अनुसार १३ लाख मतको फरक परेको जनाइएको छ । ओडिङ्गाले एक पत्रकार सम्मेलनको क्रममा निर्वाचन परिणाम नक्कली र धाँधलीपूर्ण भएको आरोप लगाएका छन् । केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ । धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन् । 

मतदान सुरु हुनुभन्दा केही घन्टा अगाडि नै राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै आदिवासी किकुयु जातिका नेता एवम् राष्ट्रपति उहुरु केन्याटाले मतदातालाई धम्की र हिंसाको दबाबमा नपर्न सुझाव दिएका थिए । यस निर्वाचनमा जसले जित हात पारे पनि एकवद्ध हुनुपर्ने भन्दै उनले निर्वाचनमा संयमता अपनानउ बारम्बार आग्रह गरेका थिए । यस निर्वाचनमा एक करोड ९० लाखभन्दा बढी मतदाताले मतदानको लागि नाम दर्ता गराएका थिए । 

अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार ३०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख विस्थापित हुनुपरेको थियो । यसैगरी प्राप्त अर्को एक समाचारमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस् तथा अरु विदेशी समुदायले केन्यामा शान्तिपूर्ण निर्वाचनको लागि आह्वान गरेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ