arrow

'भारतीय र चिनियाँ दाजु-भाई नै डोक्लाम विवाद सामाधानको उत्तम विकल्प'

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
dalai-lama.jpg

एजेन्सी । तिब्बती बौद्ध धर्मगुरू दलाई लामाले बुधवार भारतीय-चिनियाँ दाजु-भाईको भावनाले नै दुई देशबीचको विवाद सामाधान गर्ने माध्यम भएको बताएका छन् । बुधबार दिल्लीमा भएको एक कार्यक्रममा उनले भने - 'भारत-चीन एक-अर्काको छिमेकी बनेर शान्तिसँग बस्नुछ ।'

चीन सिक्किम क्षेत्रको डोक्लाम क्षेत्रमा सडक बनाउन चाहान्छ तर भारत सो कुराको विरोध गरिरहेको छ । करीब २ महीनादेखी उक्त क्षेत्रमा भारत र चीनका सैनिक आमने-सामने रहेका छन् । चीनले भारतलाई उक्त क्षेत्रबाट आफ्नो  सैनिकलाई तुरुन्त फिर्ता बोलाउन भनेको पनि भारतले त्यसलाई अस्विकार गरेको छ ।

दलाई लामाले भने , "डोक्लाम विवाद कुनै गम्भिर मुद्दा होइन, तर दुई देशले एक अर्काको छिमेकी बनेरै रहनुपर्नेछ, यस मामिलामा गलत प्रचारले कुरा बिग्रन सक्छ ।२१ औँ शताब्दीमा छलफलबाट कुरा सुल्झाउन सकिन्छ । आधुनिक समयमा हरेक देश अर्को देश प्रति परनिर्भर रहेका छन् ।अहिले दुवै छिमेकी एक अर्का देश बिरुद्ध कडा बक्तव्य जारी गरिरहेका छन् । तर भारतीय-चिनियाँ दाजु-भाईको भावनानै अगाडिको उत्तम बढ्ने बिकल्प हो । सन् १९६२ मा चिनियाँ सेना अरुणाचल  प्रदेशको बोमडिला  पुगेको थियो तर फिर्ता भयो । भारत र चीन यसै दिशाबाट अगाडि बढ्नुपर्नेछ।"

"चिनियाँ जनताका इच्छा  भए कम्युनिस्ट पार्टी अफ चाइना हाम्रो  लोकतन्त्रको अनुसरण गर्न सक्छ । हाम्रो सानो तिब्बती समुदाय पुर्ण रुपमा लोकतन्त्रमा विश्वाश गर्दछ र म पनि लोकतन्त्रको प्रशंसक हु।"
 
 दलाई लामाले भने, "कुनै पनि देशका जनता नै त्यसको वास्तविक शासक हुन् र एक स्वतन्त्र मीडियाले नै जनतालाई सहि कुरा भन्न सक्छ , उनिहरुलाई शिक्षित गर्न सक्छ । जुन देशमा स्वतन्त्रता छ त्यहाँ हामी ज्यादा योगदान दिन सक्छौ किनभने त्यहाँ  ज्यादा अवसर सृजना हुन्छ ।  जहां स्वतन्त्रता छैन , त्यहा म जान ठिक सम्झन्न ।"

दलाई लामा सन् १९५९ को तिब्बत विद्रोहको क्रममा  तिब्बतबाट भागेका थिए र सोहि समयदेखि भारतमा बस्दै आएका छन् ।  उनको जन्म तिब्बतमा भएको हो ।

मंगलबार  चीनको सरकारी पत्रिका  ग्लोबल टाईम्सले  सम्पादकीयमा  ‘१९६२ को समयमा पनि भारतका तत्कालीन जवाहरलाल नेहरु सरकारले नै दुईदेशीय युद्ध भड्काउने काम गरेको थियो । त्यतिबेला पनि भारत विरुद्ध चीन हमला गर्ने पक्षमा थिएन । यद्यपि नेहरु सरकारले पनि त्यतिबेला चीनको क्षेत्रमा छिरेर चीनसरकारलाई कमजोर सम्झिएर हेप्न थालेपछि चीनले बाध्य भएर हमला गर्न बाध्य भएको थियो । अहिलेको भारत पनि के सोचिरहेको छ भने चीन आफनो सामरिक महत्वका कारण युद्ध गर्ने मनस्थितीमा छैन । अझ उनीहरु के सोचिरहेका छन् भने अहिले अमेरिका भारतको पक्षमा रहेको बेलामा चीनलाई युद्ध गर्न मनोबकैज्ञानिक रुपमा पनि आँट आउने छैन । तर भारतले यो बुझेको छैन कि चीन र अमेरिकाबीचको कूटनीतिक नियन्त्रणको प्रकृति यस अघिदेखि नै कस्तो रहँदै आएको छ भन्ने कुरा ।’  लेखेको थियो ।


डोक्लाम गतिरोध समाप्त गर्न दुवै देशका सैनिक सो क्षेत्रबाट फिर्ता बोलाउन भारतले गरेको आग्रह चीनका उच्च  कुटनितिज्ञ जनरल वांग वेनलीले खारिज गरेका छन् । वेनलीले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै भने , " यदि एक जना पनि भारतीय सैनिक त्यहा रहे हाम्रो संप्रभुता र क्षेत्रीय अखंडताको उल्लंघन हुनेछ ।यदि चीन उत्तराखंडको कालापानि र कश्मीरमा घुसे भने नयाँ दिल्लीले के गर्छ ? यो समय भारतसँग कुराकानि गर्न असम्भव छ किनभने चीनका जनता सरकार सक्षम नरहेको सोच्नेछन् । "  भूटानले डोक्लामलाई चीनको क्षेत्र मान्यता दिएको वेनलीको दावि रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ