arrow

नेपाली फुटवल टिमले मेहनत गरेपनि परिणाम भने राम्रो आउन सकेन : एन्फा अध्यक्ष श्रेष्ठ

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
narendra-shrestha.jpg.jpeg
जितेन्द्र भण्डारी,पाँचथर । अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली फुटवल टिमले सक्दो मेहनत र परिश्रम गरेपनि परिणाम भने राम्रो हुन नसकेको वताउनुभएको छ । पाँचथरको फिदिमा आज विहान भएको सरोकारवाल सित भएको छलफलम वोल्दै उहाँले आगामी दिनमा अझै कडा मेहनत गर्दे जाने र भाग्ले पनि साथ दिने उहाँले उल्लेख गर्नुभयो ।  भुकम्प पछि अहिले पनि रंगशालामा खेलकुद प्रतियोगिता संचालन गर्न नसकेको वताउँदै यसका लागि सरकार पनि गम्भिर भएर सोच्नुपर्ने वताउनुभयो ।
 
यस्तै उहाँले अहिले एन्फाले जिल्लामा भएको खेलमैदानको भौतिक पूर्वाधार विकाशको निम्ति पूर्वी पहाडका १० वटा जिल्लालाई प्रति जिल्ला १०/१० लाख रुपैया सहयोग गर्ने जानकारी गराउनुभयो । यसका कार्यान्वयनको निम्ति अहिले आफूहरु लागि परेको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा सभासद श्री प्रसाद जवेगुले एन्फाले जिल्लाको खेलुकद विकाशको निम्ति सहयोग गरिदिन आग्रह गर्नुभयो । एन्फाका केन्द्रिय सदस्य सुरेश शाहाले जिल्लाको सदरमुकाम फिदिममा इलाभेन्थ साइडको खेलमैदान निर्माण गर्नु आवश्यक रहेकोले यसका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।
 
कार्यक्रममा वोल्दै एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष होम जवेगुले सदरमुकाम फिदिममा इलाभेन्थ साइडको खेलमैदान निर्माण गर्न सकिने अवस्था नरहेको हुँदा विकल्पमा आसपसाका स्थानमा खेलमैदान निर्माण गर्न सकिने वताउनुभयो ।यस्तै राप्रपाका जिल्ला अध्यक्ष मानदेव केरुङले जिल्लाको खेलकुदको विकाशको निम्ति स्थानिय राजनितीक दल,नागरिक समाज,संघ संस्था लाग्नुपर्ने वताउनुभयो । कार्यक्रममा नेकपा माओवादीका जिल्ला सचिव विकाशल रसाइली,एन्फाका पूर्व जिल्ला अध्यक्ष रमेशभगत प्रधानंग,नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष लवदेव ढुंगाना,नेकपा मालेका लय वास्कोटा,स्थानिय शान्ति समिती संयोजक अजुनदेव स्याङबो लगायतले खेलकुदको विकाशको निम्ति जिल्लावासी लाग्नुपर्ने वताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ