arrow

मुसिकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

logo
कौरव खत्री,
प्रकाशित २०७४ साउन २६ बिहिबार
somnatha.jpg

गुल्मी। मुसिकोट नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सस्ंथागत विकास, सेवा प्रवाह र सुशासन गरी ५ प्रकारका कार्यक्रमहरु आर्थिक बर्ष २०७४÷०७५ का लागि सार्वजनिक गरीएको हो ।

आर्थिक विकासमा टोल वस्ती सुधार कार्यक्रम मार्फत गरिवी र पछौटेपन, असुरक्षित र अव्यवस्थीत आवास र गल्ली सुरक्षित र व्यवस्थित एवं आकर्षक वनाउन सम्वन्धित वस्तीका वासिन्दाहरुलाई समुहगत विकास गर्न अनुदान दिने, कफी, फलफुल, पशुपालन, तरकारी लगायतमा अनुदानको व्यवस्था, उद्यमशिलता, गरिवी निवारण, रोजगार सिर्जना, घरेलु उद्योग संरक्षण, प्रवद्र्धन गर्ने लगायतका योजनाहरु अगाडी सारिएको छ ।

त्यसैगरी सामाजिक विकास अन्तर्गत नगरपालिका भित्र सुरक्षित र व्यवस्थित खानेपानीका लागि एक घर एक धाराको ब्यबस्था,   दलित एवं आदीवासी जनजातिहरुमा रहेको परम्परागत व्यवसाय तथा सिपलाई समयानुकुल स्तरवृद्धि,  गुणस्तरिय शिक्षा, तालिम वा प्राविधिक सीप उपलब्ध गराउने, बेरोजगारी समस्या न्युनिकरण,  स्तरिय स्वास्थ्य सेवा, कुपोषण, महामारी र जटिल विरामी मा स्वास्थ्य उपचारको ब्यवस्था मिलाउने, लैङ्गिक विभेद अन्त्य गर्न पहल गर्ने, वाललालिकालाइ बालउद्यान, जेष्ठ नागरिकहरुलाई सम्मान,प्रत्येक वडामा खेल मैदान, अपाङ्गता सुरक्षा, नागरिकको शान्ति सुरक्षा, प्राकृतिक प्रकोपवाट पिडित परिवारलाई तत्काल आपतकालीन राहत, घरेलु हिंसा अन्त्य, नागरिकको स्वास्थ्य परिक्षणको व्यवस्था, नगरपालिकाको समृद्धि एवं विकासको लागि कृषि क्षेत्र, सडक सहरीकरण, पर्यटन लगायतमा क्षेत्रगत गुरुयोजना निर्माण गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ ।

पुर्वाधार विकासमा नगरपालिकाका प्रत्येक वडामा सडक सञ्जाल, प्रत्येक वडामा मालोपत्रे सडकको पहुँच, पदमार्गहरुको डिजाईन, मोटरबाटो सञ्चालनमा ल्याउन लेन्थवर्करहरुको व्यवस्था, सिँचाई कुलो निर्माण र मर्मत, उज्यालो नगरपालिका बनाउने, नगरपालिका भित्रका नदिनाला, खोला र मुलहरुको वहुउपयोग, मुसिकोट दरवार,मालिका, सालीमे र कफी उद्गम क्षेत्र आँपचौरलाई प्रर्यटकीय गन्तव्य बनाउन विभिन्न कार्यहरु गर्ने तथा खरका छाना मुक्त सहर निर्माणका लागि आवश्यक व्यवस्था गरिने भएको छ ।

त्यसैगरी बन वातावरण तथा विपद ब्यबस्थापन अन्तर्गत वातावरण संरक्षणमा अनुदान÷सहयोग उपलब्ध गराउने, नगरपालिकाका सहरी सौदर्यता कायम गर्न फोहोर मैलाको उचित व्यवस्थापन, वन जंगलको उचित संरक्षण, संभावित विपद्मा उद्धार, राहत र पर्नस्थापनाको नीति लिइने भएको छ ।

त्यसैगरी सस्ंथागत विकास, सेवा प्रवाह र सुशासन मा सार्वजनिक सेवाप्रवाह चुस्त दुरुस्त बनाउने, नगरपालिकाका कार्यकारी, जनप्रतिनीधि एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने, बजेट तथा कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता ल्याउने, कार्यालयहरुमा नागरिक वडा–पत्र, सुचना पाटी र उजुरी पेटिकाको व्यवस्था गर्ने, राष्ट्रसेवक कर्मचारीका लागि उचित प्रोत्साहन, वित्तिय पारदर्शिता कायम, बजेट तथा कार्यक्रमको प्रभावकारी अनुगमन, मूल्याङ्कनको व्यवस्था गरिने लगायत गरी ४६ ओटा नीति तथा कार्यक्रम हरु कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

सो नीति तथा कार्यक्रमहरु नगर प्रमुख तथा सभाध्यक्ष सोमनाथ सापकोटाले प्रस्तुत गरेका थिए ।कार्यक्रमको अवसरमा नगर सभाका सभासद नरेशराज खरेलले नगरपालिकाको कार्यकारी अधिकार प्रयाग सन्दर्भमा पालिकालाई आवश्यक पर्ने नियमावली, निर्देशिका, कार्यविधि तर्जुमा गी जारी गर्ने अधिकार नगरकार्यपालिकालाइ प्रत्यायोजना गरीयोस भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको थियो ।

त्यस्तै आर्थिक संयोजक प्रकाश काफ्लेले कर्मचारी आचारसंहिता २०७४ बिधेयक सदनमा प्रस्तुत गरेका थिए । सो बिधेयक पनि सर्बसम्मतीले पारित भएको छ । यसैबिच नगरपालिकाले बिहिबार बजेट पेश गर्ने भएको छ । बिहिबार बिहान ११ बजेबाट बजेट पेशको कार्यक्रम रहने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ