arrow

डा. केसी समर्थक घर घेराउ गर्न पुग्दा ओली हावाको विजुली उद्घाटन गर्न मुस्ताङतिर

प्रचण्डको निवास पनि घेर्ने

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
KP-oli-naya-news.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीका माग पुरा गर्न दबाब दिन भन्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट घेराउ गरेका छन् ।   

२० दिनदेखि अनसनरत डा. केसीको माग पूरा गर्न शीर्ष नेताहरुले नै चासो नदिएको भन्दै सोलिडारिटी फर डा. गोविन्द केसी, विवेकशील साझा पार्टीलगायतका संगठनले ओली निवास वालकोट घेरेका हुन् ।

उनीहरुले डा. केसीको माग सम्बोधन गर्न पहल गर्न भन्दै ओली निवासबाहिर नाराबाजीसहित प्रदर्शन गरे । उनीहरुले बाहिर नाराबाजी गरिरहँदा एमाले अध्यक्ष ओली भने, हावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न मुस्ताङ पुगेका थिए ।

ओली निवासमा थिएनन् । डा. केसीका माग पूरा गर्न दबाब दिँदै उनीहरुले मुख्य पार्टीका शीर्ष नेता सबैको निवास घेराउ गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ