arrow

भारतले धोका दियो, सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च हुँदा पनि ढोका खोलेन

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
saptakoshi-flood.jpg

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै ढोका खोल्न आग्रह गरेका थिए । 

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मीले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीस“ग सोही आग्रह गरेका थिए ।

 ‘परराष्ट्रमन्त्रीज्यूले भारतीय राजदूतलाई नेपालको चासो स्पष्ट रूपमा राख्नुभएको छ, भारतले सहयोग गर्ने आश्वासन दिएको छ,’ महराका प्रेस संयोजक हरि लामिछानेले भने । भारतीय दूतावासले भारततर्फ सबै ढोका खुला भएको दाबी गरेको छ । तर, शनिबार राति अबेरसम्म पनि भारतबाट कोसी बा“धका ढोका खोलेको थिएन ।

कोसीमा दुई लाख ७९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार कोसी ब्यारेजमा पानीको बहाव अहिलेसम्मकै उच्च छ । सप्तकोसी नदीमा शनिबार साँझ दुई लाख ७९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

 शुक्रबार रातिदेखि रातो झन्डा, ३४ वटा ढोका खोलिए
५६ वटा ढोका रहेको कोसी ब्यारेजमा शनिबार साँझ ३४ वटा ढोका खोलिएको छ । कोसी नदीमा पानीको बहाव उच्च भएपछि खतरा स्वरूप शुक्रबारदेखि नै रातो झन्डा र रातो बत्ती बालिएको छ । कोसी ब्यारेजमा नेपालतर्फ पानीको बहाव उच्च रहेको छ ।

सबै ढोका खोले आफ्नो बहावमा नदी बग्न नपाएमा ठूलै खतरा हुने नेपाली अधिकारीको भनाइ छ । भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रित शर्माले भारततर्फ सबै ढोका खुला भएको जिकिर गरिन् । ‘हाम्रोतर्फबाट समस्या केही पनि छैन, ढोका सबै खुला छन्,’ उनले भनिन् ।

यसैबीच, सप्तकोसी नदीमा बाढीको बहाव उच्च भएकाले सप्तरीमा थप क्षति हुन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला दैवीप्रकोप उद्धार तथा राहत व्यवस्थापन समितिले गृह मन्त्रालयलाई कोसी ब्यारेजका सम्पूर्ण ढोका खोलाउन आवश्यक कूटनीतिक पहल भारत सरकारसँग थाल्ने निर्णयसमेत गरेको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ