arrow

उमेर ढाँट्ने डीएसपी फन्दामा, बढुवा रद्ध गर्ने तयारी

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
nepal-police.jpeg

काठमाडौं । डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकाश पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवा भए । 

हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक–फरक जिल्लाबाट छुट्टाछुुट्टै मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गर्ने तयारी गरेको छ । 

सिंहले प्रहरी किताबखानामा पेश गरेको नागरिकतामा जन्ममिति २०१६ साल उल्लेख छ। कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाँबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ।  

प्रहरी नायब उपरीक्षकमा बढुवा भएका ९४ जनामध्ये उनी अन्तिममा बढुवा भएका थिए । उनले पेश गरेको नागरिकतामा फरक–फरक जन्ममिति फेला परेपछि प्रहरी किताबखानाले कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। 

उनले पेश गरेको नागरिकताअनुसार डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर ढाँटेर फरक जन्ममितिको नागरिकता पेश गरेर उनी बढुवा भएका थिए । 

उनको बढुवा रद्द गर्ने तयारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ