- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शुक्रबारदेखि भइरहेको अविरल वर्षाले आएको बाढीपहिरोमा परी देशभर अहिलेसम्म कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।
गृहमन्त्री जनार्दन शर्माले ३५ जनाको मृत्यु भइसकेको र २८ जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिए ।
उनले ३१ हजारभन्दा बढी घरहरु डुबेको भन्दै अझ बढी घर डुब्नसक्ने जनाएका छन् ।
अविरल वर्षासंगै प्रतिकुल मौसमका कारण उद्धार र राहत वितरणमा समस्या भइरहेको उनले जनाए ।
मन्त्री शर्माले स्थानीय प्रशासनलाई जतिसक्यो छिटो उद्धारमा लाग्न निर्देशन दिइसकेको बताएका छन् ।
उनले सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।