arrow

प्रकोपमा ३४६ जनाको मृत्यु, बाढीपहिरोमा बढी क्षति हुनुको कारण यस्तो  

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
flood-tarai1.JPG

काठमाडौं । मुलुकमा पछिल्लो आठ महिनामा प्राकृतिक प्रकोपमा परेर ३ सय ४६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हालैको बाढीपहिरोमा ज्यान गुमाएका एक सय २८ जनाको संख्यासमेत जोडिएको छ ।

पछिल्लोपटक शुक्रबार, शनिबार र आइतबार आएको बाढीपहिरोमा परेर २६ जिल्लामा एक सय २८ जनाको ज्यान गइसकेको छ ।

गृहमन्त्रालयको विपद्सम्बन्धी तथ्यांकअनुसार आठ महिनाको अवधिमा मुलुकभर एक हजार ६ सय ७९ वटा विपद्का घटना भएका छन् ।

यी घटनामा एक अर्ब ८८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ भने १७ हजार घरपरिवार विस्थापित भएका छन् ।

बाढी र पहिरोबाट यतिधेरै क्षति हुनुको कारण पूर्वतयारी नहुनु नै मुख्य कारण रहेको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ