arrow

एमाओवादीबाट सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लागेन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1369962546.jpeg
काठमाडौँ। सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि आज बसेको एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकमा सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले आज स्थायी समिति सदस्यले सरकारमा सहभागिताबारे बोल्ने क्रम नसकिएकाले भोलि बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो । 
 
अरु सबै सदस्यले आफ्नो धारणा राखिसके पनि स्थायी समिति सदस्य शक्ति बस्नेतले बोल्न बाँकी रहेकाले भोलि बिहान बस्ने गरी बैठक टुङ्गिएको उहाँले जानकारी दिनुभयो । आजको बैठकमा केही सदस्यले महासचिव कृष्णबहादुर महरा र केही सदस्यहरुले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा जानुपर्ने सुझाव दिएका थिए । 
 
बैठकमा स्थायी समिति सदस्यहरुले सरकारमा जाने मन्त्रीहरुका लागि निश्चित मापदण्ड बनाउनुपर्ने, सरकार सञ्चालनको कार्यविधि बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । भोलिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार पारी सिफारिस गर्ने उहाँले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ