arrow

सांसद्ले बाढीपीडितको पीडा पोखिसकेपछि संसद्मा संशोधनबारे छलफल हुने

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
sambidhan-samsodhan-750-1.jpeg

काठमाडौं । व्यवस्थापिका संसद्मा कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले संविधान संशोधनको प्रस्ताव पारित गरियोस् भनेर व्यवस्थापिका संसद्मा प्रस्ताव गर्ने भनिएपनि सांसद्हरुले बाढी पीडितको पीडा संसद्मा सुनाएर नसकिएकोले विधेयक पेश हुन सकिरहेको छैन । संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले  उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको भएपनि बाढीपीडितको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव नसकिएकोले संशोधन प्रस्ताव पेश हुन सकिरहेको छैन । 

गौतमका अनुसार सार्वजनिक महत्वको प्रस्ताव माथि सांसद्हरुले धारणा राख्ने समय सकिएपछि मात्रै संशोधनको पालो आउने भएकोले बुधबार नभ्याए बिहीबार सो विषयमा छलफल हुने बताए । नेपालको संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ । 

संविधान सशोधनको विषयलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आ–आफ्नै ढंगबाट व्याख्या र विश्लेषण गर्दै आएका छन् । सत्तापक्षले संविधानको स्वीकार्यतालाई बढाउन संविधान संशोधन आजको अनिवार्य सर्त रहेको जनाउँदै आएको छ भने प्रतिपक्षले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसग जोडेर हेर्दैआएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ