arrow

मेस्सीको ह्याट्रिकले बार्सा विजयी, ग्रानाडाको पोष्टमा ४ गोल

लियो शीर्षता

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Messi.jpg.jpeg
एजेन्सी । लियोनल मेस्सीको ह्याट्रिकले बार्सिलोना ४–० ले विजयी भएको छ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० ले हरायो । मेस्सीले खेलको ८औं मिनेटमा पहिलो गोल गरे । १४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीले दोस्रो हाफ पछि ५८औं मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको अन्तिम समय अर्थात् ८३ औं मिनेटमा नेमारले एक गोल गर्दै जित फराकिलो पारे । जितसंगै बार्सा शीर्ष स्थानमा उक्लिएको छ । 
 
यस्तै, अन्य खेलमा गेटाफेले रियाल बेटिसलाई १–० ले पराजित गर्दा सेभियाले एथ्लेटिक विल्बाओलाई २–० ले हरायो । लेभान्तेले रायो भायकानोमाथि २–१ को संघर्षपूर्ण जित निकाल्यो । यी खेलपछि लिगमा १८ खेलबाट ४२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ४१ अंक बटुलेको एथ्लेटिको मड्रिड दोस्रो तथा एक खेल बढी खेलेको रियाल मड्रिड ४० अंक सहित तेस्रो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ