arrow

बालिका मार्ने हरियाणाबाट पक्राउ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ भदौ २ शुक्रबार
balika_apaharan.jpg

कञ्चनपुर । प्रहरीले कञ्चनपुरकी एक बालिकाका हत्यारालाई भारतको हरियाणाबाट पक्राउ गरेका छन् । भीनपा–१० मटैनाकी १० बर्षिय सितल बिष्टका हत्यारालाई कञ्चनपुर प्रहरीले हरियाणाबाट पक्राउ गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भारतीय प्रहरीको सहायताबाट सितलका हत्यारा हिरा सिह ऐरीलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले सितलका छिमेकी ऐरीले बालिकालाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।  ‘ऐरीले सित्तलको हत्या गरेको स्वीकार गर्नुभएको छ, ‘प्रवक्ता दाहालले भने, ‘हत्या गरेर उनले फोन मार्फत आफन्तलाई हत्या गरेको विषय फोन रेकर्डका आधारमा ऐरीलाई पक्राउ गरेका हौँ ।’ 

छिमेकी ऐरीले बालिकाको घाँटी थिचेर निर्मम तरिकाले हत्या गरेर राती गौताडी खोलामा फालेको ऐरीले प्रहरी समक्ष बयान दिएका छन् । कञ्चनपुर प्रहरी प्रमुख चन्दले रक्सी खाएर घरमा सुतेको अवस्थामा एक्कासी सितल आफ्नो कोठामा आएर चर्को स्वरले अक्कल भनेर कराएपछि आफ्नो निन्द्रा डिस्टर्ब भएकाले मदिराको नसामा मारेको ऐरीले प्रहरीलाई बताएको छ । 

कञ्चनपुरका प्रहरी प्रमुख चन्दका अनुसार ऐरी नेपाली सेना र सशस्त्र प्रहरी बलका भगौडा हुन् । ‘ऐरी सेना र सशस्त्रका पुर्व प्रहरी हुन्, ‘प्रहरी प्रमुख चन्दले भने, ‘फौजबाट भागेर आएर उनले घरमा समेत श्रीमती कुटेर ससुराली पठाएका रहेछन् ।’ सित्तलको अन्त्येष्टीमा पनि गएका ऐरी भोलीपल्ट देखि गाउँबाट भागेका थिए ।  कक्षा ४ मा अध्ययनरत सित्तलको गत साउन २१ गते हत्या गरेर २२ गते खोलामा मृत अवस्थामा फेला परेकी थिईन् । ऐरी बिरुद्ध कञ्चनपुर प्रहरीले कर्तब्य ज्यान अन्तरगत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

महाकाली यातायात समितिको अध्यक्षमा पन्त 

यातायात सेवा दिदै आएको सुदुरपश्चिमको ठूलो महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्षमा डम्बर दत्त पन्त विजयी भएका छन् । १६ औँ कार्यकारणी समितिका लागि बिहीबार भएको निर्वाचनमा पन्तले आफ्ना निकटतम प्रतिद्वन्द्वी नविन भट्टलाई १ सय ८२ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । 

मुख्य निर्वांचन अधिकृत शिवराज पाण्डेका अनुसार  पन्तले २ सय ९९ र भट्टले १ सय १७ मत ल्याएका थिए । बरिष्ठ उपाध्यक्षमा पदम सिह भाट निर्वाचित भएका छन् । भाटले आफ्ना निकटतम प्रतिद्वन्दी सुरेन्द्र प्रशाद अवस्थीलाई ४५ मतको अन्तरले हराउदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । प्रशासन उपाध्यक्षमा विष्णू प्रशाद कँडेल निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी गणेश बहादुर बमलाई हराउदै प्रशासन उपाध्यक्षमा कडेल निर्वाचित भएका हुन् । 

महासचिवमा गणेश विष्ट, कोषाध्यक्षमा रमेश थापा, प्रशासन सचिवमा देवराज जोशी, उपकार सचिवमा पुष्कर राज जोशी निर्वाचित भएका छन् । भने सदस्यहरुमा आनन्द राज जोशी, अुर्जन सिह ठगुन्ना, गणेश प्रशाद भट्ट, शम्शेर बहादुर चन्द र सुभाष मल्ल निर्वाचित भएका हुन् । 

महाकाली समितिले भारतको दिल्ली लगायतका नेपालका विभिन्न जिल्लामा यातायात सेवा प्रदान गर्दै आएको छ । झण्डै साढेतिन दशकदेखि समितिले सेवा कञ्चनपुरदेखि यातायात सेवा दिदै आएको छ । कूल ५ सय ३४ मतदाता मध्ये निर्वाचनमा कुल ४ सय ३८ मत खसेका थिए । निर्वाचित पदाधिकारीले समितिको काम कार्बाही इमान्दारितापुवर्क अघि बढाउने बताएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ