arrow

फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
phidim-spoting-club.jpg.jpeg
पाँचथर । डिफेन्डीङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वान्चल स्तरीय वाईवाई सातौ फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनमा पुगेको छ । आइतबार भएको क्वार्टर फाइनल खेलमा माइ भ्याली क्लव इलामलाई २–० ले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लवले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
 
पहिलो हाफमा दुबै टिम बाट गोल हुन सकेन । दोस्रो हाफमा फिदिम स्पोटिङ क्लबले दुई गोल गरेको हो । फिदिमलाई जिताउन धिरज तामाङ र पिटर सेगुनले गोल गरे ।  माइभ्यालीका खेलाडीले सशक्त प्रदर्शन गरेपनि गोल गर्न सकेनन् । पिटर सेगुन म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार तथा उपविजेताले ५५ हजार ५ सय पाउने छन् । नेपाल र भारतका गरी ८ टोली सहभागि प्रतियोगिताको फाइनल खेल आउँदो माघ २ गते हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ