arrow

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
indian-train-derailment-kanpur-exlarge-169.jpeg

नयाँ दिल्ली। भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ । 

निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि रहेका छन् । उत्तर प्रदेशमा शनिबार भएको रेल दुर्घटनामा उनीहरुको लापरवाही देखिएको ठहर गर्दै निलम्बन गरिएको उक्त मन्त्रालयले जानकारी दिएको छ । 

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी सोमबारमात्र कम्तीमा २३ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा अरु ४० जना घाइते भएका थिए । 

रेलमार्गमा रेल रोकिएर यात्रु उतार्ने क्रममा शनिबार अपराह्न सो रेल दुर्घटनाग्रस्त भएको थियो । रेलले लिग छोडेर बाहिर निस्किएको र अर्काे रेलको डिब्बामा गएर ठोक्किएको थियो । 

भारतको राजधानी सहर नयाँदिल्लीबाट झण्डै १०० किलोमिटर टाढा पर्ने मुजफ्फरनगर जिल्लामा उक्त दुर्घटना भएको हो । 

शनिबार भएको सो दुर्घटनाको छानबीन सुरु भएको थियो । उक्त छानबिनका क्रममा रेल सेवाका उच्च ती चार जना अधिकारीको लापरवाही देखिएको समाचारमा जनाइएको छ । जसका कारण उनीहरुमाथि यो कारबाही अघि बढाइएको थियो । 

सो दुर्घटनाका कारण क्षतीग्रस्त रेलको डिब्बाभित्र अरु केही व्यक्ति पनि पुरिएको हुनसक्ने आशंका गर्दै मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको थियो । तर प्रहरीले त्यहाँ परेका थप व्यक्तिको बारेमा कुनै समाचार सार्वजनिक भने गरेको छैन । 

भारतीय रेलमन्त्री सुरेश प्रभुले यस दुःखद घटनाको अनुसन्धान गरी कारण पत्ता लगाउने व्यवस्था गरिसकेको जानकारी दिए । उले घटनाप्रति दुःख व्यक्त गर्दै घटनालाई नजिकबाट नियालीरहेको बताएका  थिए । 

भारतमा बेला बेलामा ठुला रेल दुर्घटना हुने गरेका छन् । अघिल्लो बर्ष भएका रेल दुर्घटनामा परी उत्तर प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको थियो भने अरु दूई सय जना घाइते भएका थिए । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ