arrow

सिरिया शान्ति वार्ता स्थगित

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
siriya-prision.jpg.jpeg

आस्ताना  । सिरियाको विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले मङ्गलबार जानकारी दिएको छ । 

अगस्तको अन्त्यमा हुने भनिएको यो वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको समाचारमा जनाइएको छ । 

स्थगित भएको यो वार्ता काजकिस्तानको राजधानी अस्तानामा मध्य सेप्टेम्बरमा हुने भएको काजकिस्तानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

काजकिस्तानका विदेशी मन्त्रालयले आफ्नो फेसबुक पेजमा रसिया, टर्की र इरानका विशेषज्ञहरुको सहभागितामा हुने भनिएको यस वार्ता अब मध्य सेप्टेम्बरमा हुने जानकारी दिइएको छ । 

रसियाबाट प्राप्त सुचनाको आधारमा सो मिति परिवर्तन भएको मन्त्रालयले बताएको छ । 

उता रसियाली विदेशीमन्त्री सेर्गेइ लाभरोभ सोमबार मस्कोस्थित पत्रकारहरुलाई यस महिनाको अन्त्यमा हुने भनिएको विशेषज्ञ स्तरको सिरियाको विषयमा हुने शान्ति वार्ता सेप्टेम्बरमा सुरुहुने बताएका छन् । 

मध्य सेप्टेम्बरमा आस्तानामा हुने भनिएको यस वार्ताको एकिन मिति भने लाभरोभले बताएका छैनन् । 

यसअघि यो वार्ता अगस्तको अन्त्यमा हुने भनिएको थियो । सिरियामा जारी द्वन्द्वको सुरक्षित अवतरणको लागि यसअघि पनि अस्तानामा नै रसिया, टर्की र इरानको सहभागितामा वार्ता सम्पन्न भएको थियो । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असादको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । 

यस युद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो । यस युद्धमा परी सो समयदेखि हालसम्म तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 

लाखौँ घाइते भएका र लाखौँ व्यक्तिले आन्तरिकरुपमा र छिमेकी देशमा शरणार्थी जीनव यापन गर्न बाध्य छन । पटकपटक भएको शान्ति वार्ता सार्थक हुन सकेको छैन् ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ