arrow

हवाई कारबाहीमा सर्वसाधारणको मृत्यु

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
army--blast-yaman.jpeg

साना । यमनको राजधानीमा बुधबार भएको एक हवाई कारबाहीमा कैयौ सर्वसाधारण मारिएका प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएको छ । 

यमनको राजधानी सानामा नियन्त्रण जमाएर बसेका विद्रोही समूह हुथीले सञ्चालन गरेको टेलिभिजन च्यानलका अनुसार यस कारबाहीमा परी ३० भन्दा बढी सर्वसाधारण मारिएका छन । 

यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबियाआवद्व संयुक्त गठबन्धनले सो हवाई कारबाही जारी राखेका हुन । 

हालसम्म यस कारबाहीको क्रम कति व्यक्तिले ज्यान गुमाएका छन, यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन । राजधानी सानामा बुधबार कैयौ पटक भएको यस हवाई कारबाही ‘काट फाम’नजिकै रहेको भवन निर्माणमा सहभागी कामदारसमेत परेका स्रोतले जानकारी दिएको छ । 

हुथी विद्रोहीहरुको यस इलाकाहरुमा बसोबास भएको आशङ्कामा सो कारबाही भएको बताइएको छ । 

साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट जारी युद्धमा हालसम्म आठ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । 

यमनमा हालका दिनहरुमा साउदी अरेबियाआवद्ध हवाई कारबाही बारम्बार हुने गरेको पाइन्छ । यस्ता कारबाहीहरु निर्दोष सर्वसाधारण ज्यान गुमाउने क्रम पनि जारी रहेको छ । 

गत जुनमा उत्तरी यमनको बजार इलाकामा भएको हवाई कारबाहीमा परी २४ सर्वसाधारण मारिएका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ