arrow

ट्रम्पले संसदलाई धम्क्याए–‘मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट नदिए बबाल हुन्छ’

सञ्चारमाध्यम बेइमान्

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
trump.JPG

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई बजेट नदिए सरकारका सबै गतिविधि ठम्प पार्ने चेतावनी दिएका छन् ।

एरिजोना राज्यको फोनिक्समा आयोजित जुलुसमा उनले सरकारका सबै काम रोकेर भएपनि पर्खाल ठड्याउने भन्दै संसदलाई घुर्क्याए ।

‘मेक अमेरिका ग्रेट अगेन’ नाम दिएएको एक जुलुसमा ट्रम्पले पर्खाल बनाउनका लागि विपक्षी डेमोक्र्याटहरुले अवरोध गरिरहेको आरोप लगाए ।

८० मिनेट भाषण गरेका उनले सञ्चारमाध्यमलाई समेत दोष लगाएका छन् । उनले सञ्चार माध्यमलाई बेइमान् समेत भनेका छन् । उनले भर्जिनियाको चार्लोट्सवीलको हिंसामा थुप्रै पक्ष जिम्मेवार रहेको बताएका छन् ।

मेक्सिकोबाट आउने अवैध आप्रवासी रोक्न बलियो पर्खाल लगाउने ट्रम्पको विवादास्पद योजनाका लागि अमेरिकी कंग्रेसले रकम दिनुपर्ने हुन्छ । यसका लागि रिपब्लिकनलाई डेमोक्र्याटहरुको सहयोग आवश्यक छ ।

ट्रम्पले डेमोक्र्याटले पर्खाल निर्माण गर्न अवरोध सिर्जना गरेर अमेरिकाको सुरक्षालाई खतरामा पारेको आरोप पनि लगाए । भाषणमा ट्रम्पले भनेका छन्, ‘पर्खालको विरोध गर्दै डेमोक्र्याटहरुले अड्को थापिरहेका छन् ।

अवैध आप्रवासीलाई रोक्न यो महत्वपूर्ण छ ।’ आप्रवासीको क्षेत्रमा काम गर्ने अधिकारीहरुले समेत ट्रम्पको यो कदम महत्वपूर्ण भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ