arrow

त्रिवि परीक्षा नियन्त्रण कार्यालय नियन्त्रकविहीन

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
tu-eaxm-controller-office.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ । 

विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् । 

कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको बताए । 

“नियन्त्रक नहुँदा अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता काम कारबाही रोकिएको छ”, उनले भने, “अहिले ती कागजातका लागि आवेदन लिने काममात्र भएको छ ।” 

त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्टमात्र उपलब्ध गराउँदै आएको छ । 

उनका अनुसार, आर्थिक कारोबार, उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउनेलगायतका काम पनि हुन सकेको छैन । 

यसअघिका परीक्षा नियन्त्रक पुष्पराज जोशीको पदावधि यही भदौ ४ गतेदेखि सकिएपछि त्रिवि परीक्षा नियन्त्रकविहीन बन्न पुगेको छ । 

त्रिवि कार्यकारी परिषद्ले तीन महिनाका लागि विशेष अधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि नियुक्ति अझै हुन सकेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ