arrow

साउदीका राजा एक महिने विदा मनाएर मोरोक्कोबाट फिर्ता

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
saudi-arabia-final.jpeg

राबात । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले एक महिना लामो विदा मनाएर बुधबार मोरोक्कोबाट फिर्ता भएका छन्। 

उनको एक महिने विदालाई व्यक्तिगत विदा भनिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

विदा मनाउन जाने क्रममा अरबका राजाले इब्न बाट्टौटा विमानस्थलमा मोरोक्कोका प्रधानमन्त्री साडेड्डीन इल अथमानीसँग भेटेको मोरोक्कोको एउटा अनलाईनले लेखेको छ । 

उनले विभिन्न क्षेत्रीय नेता र सार्वजनिक व्यक्तिहरुसँग पनि भ्रमणका बेलामा भेटबार्ता गरेका थिए । 

साउदी राजा सल्मानले मोरोक्कोका राजा मोहम्मद छैठौं, सुडानका राष्ट्रपति ओमार अल बसिर र यमनका राष्ट्रपति अब्दु राब्बो मनसुर हादीलाई समेत सौहार्दपूर्बक भेट गरेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 

त्यसैगरी कतारको राजपरिवारका एक जना बरिष्ठ सदस्य सेख अब्दुल्लाह बिन अली अल थानीसँग उनले दुई देशको आपसी सम्बन्ध थप मजबुद गराउने बारेमा छलफल गरेका छन् । 

मोरोक्कोको समाचारमुलक अनलाईनले बिदामा रहेका साउदी राजाले कतारको सेनाका उपप्रमुखसँग पनि भेटबार्ता गरेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ