arrow

संजय पण्डितलाई पूर्व लेफ्टिनेन्ट कर्णेल राणाले गरे सहयोग र सम्मान

१ लाख नगद सहयोग

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
sanjaya-samman-1lakh.jpg.jpeg
काठमाडौं। उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका किर्तिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गरेका छन्। नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए। उनलाई केहि दिन अगाडी उनले उक्त झन्डा आरोहणमा फरफराउन प्रदान गरेका थिए।
 
देशको नाम पर्बतोरोहण क्षत्रबाट संसारभर फैलाउन बिशेष भूमिका खेलेको हुनाले पण्डितको थप हौसला बढाउन सहयोग गरेको राणाले जनाएका छन्। पण्डितले नेपाली पोशाक दौरा सुरुवाल, भादगाउले टोपी लगाएर आधार सिबिर मरान्गुदेखि अफ्रिकाको सर्बोच्च शिखरसम्म उल्टो हिडेर पुगेका थिए। पण्डितलाई सम्माननीए रास्ट्रपति बिध्या देबी भण्डारी तथा प्रधामन्त्री के पी शर्मा ओलीले सम्मान एवं बधाई ज्ञापन गरिसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ