arrow

माघभित्रै ओलीको भारत भ्रमण, पहिले भारत, चैतभित्रै चीन

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
oli-oli.jpg.jpeg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक भ्रमण भारत नै हुने पक्का भएको छ । माघ अन्तिम साता भ्रमण हुने पक्का पक्की भएपनि तिथी भने तय भएको छैन । मिति तय भएको छैन । फेबु्रअरी दोस्रो–तेस्रो साताकोबीचमा उहाँ भारत जाने तयारी छ । पहिलो भ्रमण भारत हो भन्ने पक्का भयो । प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले हाम्रा कुरासंग भने,‘कति दिनको भ्रमण र कुन दिन प्रस्थान गर्ने भन्नेबारे परामर्श भइरहेको छ ।’ अनुकलता हेरेर प्रधानमन्त्रीले दिन तय गर्ने खनालले बताए । भारत भ्रणसंग संगै ओलीको चीन भ्रमणको तयारी समेत भइरहेको छ । चैत्र भित्रमा ओलीले चीनको समेत भ्रमण गरि सक्ने खनालले जानकारी दिए । उनले भने,‘मार्च सम्ममा दुवै देशको भ्रमण भइसक्छ ।’
 
प्रधानमन्त्री ओलीले आसन्न भारत भ्रमणमा हुने सन्धि–सम्झौताको तयारीलाई प्राथमिकतामा राखेर काम गर्न विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेका छन् । सरकारी निवास बालुवाटारमा सोमबार तीन उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिवसँगको बैठकमा प्रधानमन्त्री ओलीले भ्रमण क्रममा हुने सन्धि–सम्झौताबारे आवश्यक तयारी गर्न निर्देशन दिए । 
 
यसअघि, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नै हुने बताएका थिए । यद्यपि, भारत भ्रमणको तयारी पूर्व थापा चीन भ्रमणको प्रबन्ध मिलाउन बेइजिङ पुगेका थिए । प्रधानमन्त्री ओलीले चीन भ्रमण पहल थालेको ब्रिफ भएपछि थापा फर्केर आएको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई टेलिफोन गरेका थिए । 
 
भ्रमण सकसमा रहेका बेला पुस १६ गते मोदीले ओलीलाई भारत भ्रमणमा आउन भनेका थिए । ओलीले नाका सहज भएपछि मात्रै भ्रमणमा आउने बचन दिएकामा अब भ्रमण गर्नै  पर्ने बाध्यता भएको छ । छिमेकी चीनले भारतसंगको सम्बन्ध चिसो हुन नदिन भनेपछि चीन भ्रमणको दबाब दिने शक्ति पछि हटेको छ । यस्तै, सत्ता गठबन्धनको भविष्य र स्वयं पार्टीको भविष्य संकटमा पर्ने देखिएपछि दबाब मथ्थर भएको हो ।
 
सक्रिय राजनीति आरम्भदेखि भारततिर बढी झुकाब राख्ने ओलीलाई सरकारभित्रैबाट आएको दबाबले भ्रमण अन्योलमा थियो । तर, सत्तागठबन्धनको भित्री तरलता पोखिनेतर्फ सत्ताधारीहरु सचेत भएका छन् । यसअघि, परारष्ट्रमन्त्रालयलाई जानकारी नै नदिइ आपूर्ति मन्त्री गणेशमान पुनलाई बेजिङ पठाउने सत्ता गठबन्धनको दोस्रो ठूलो शक्ति एकिकृत माओवादी पार्टी र संगठन जोगाउन तर्फ लागेपछि घुर्की कम भएको स्रोतकाे ठहर छ ।
 
उता, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले समेत सरकारबाट बाहिरिने कुनै कारण नरहेको बारम्बार प्रस्ट्याइरहेको छ । ओलीको सकस एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सरेको टिप्पणी समेत भइसकेको छ । एमाओवादी त्यागेका बाबुराम भट्टराईलाई दैनिक भाषणको मसला बनाइरहेका दाहाल भट्टराईनिटकबाट अाएको ‘हामी अहिले नै तेस्रो पार्टी भइसक्यौं’ भन्ने अभिव्यक्तिले निकै पोलिरहेको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ