arrow

पहिरोको कारण २० दिनदेखि पाँचथरका विद्यालय वन्द

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ १५ बिहिबार
pahiro_panchthar.jpg

पाँचथर । गत श्रावण २६ गएको पहिरोबाट वाटो अवरुद्ध भएर वालवालिकाहरु विद्यालय आउँन नसक्दा पाँचथरको फालेलुङ गाँउपालिका–३, मेमेङको खोलाघारी स्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । श्रावण २६ गते विहान गएको पहिरोबाट विद्यालय सेवा क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान सकेका छैनन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा वस्दै आएका छन् ।

पहिरोबाट घरहरु बस्न नमिल्ने बनेका र ठाँउ–ठाँउमा धाँजा फाटेर विद्यालय पुग्ने बाटो अवरुद्ध बनेपछि विद्यार्थी विद्यालय पुग्न सक्ने अवस्था नरहेको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्रपाण्डे सुवेदीले बताए । पहिरोका कारण खोलाघारी क्षेत्रका ४१ परिवार आफ्नो बासस्थान छोडेर वुङचिङ डाँडामा वसोबास गरिरहेका छन् । निरन्तरको वर्षासँगैको पहिरोले पाँचथरको फालेलुङ ३ र १ मा वढि क्षति गरेको थियो । अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय लगाउन सक्ने अवस्था नभएको स्थानीयको भनाई छ ।

पहिरोको कारण फालेलुङ ३ कै कालिका आधारभूत विद्यालय माङलेवुङ र जनकल्याण आधारभूत विद्यालयलमा समेत एक हप्ता वढि पठन–पाठन अवरुद्ध भएको फालेलुङ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष वुद्धिमान सावदेन ‘विश्वास’ ले वताए । फालेलुङ–१ को मोतिराम आधारभूत विद्यालयमा माथिवाट भित्तो खसेर केही कक्षा कोठाहरुमा क्षति पु¥याएको छ भने हिलिहाङ–६ स्थित लिटिल स्टार इङलिस वोर्डिङ स्कुल चतुरेका ७ वटा कोठाहरु भत्किएका थिए । पहिरोको कारण कक्षा कोठाहरु भत्किएपछि एक हप्तासम्म विद्यालय वन्द भएको र अन्यत्र कक्षाको व्यवस्थापन गरि विद्यालय सुचारु गरिएको विद्यालयका प्रिन्सिपल हरिराज लोवाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ