arrow

नेपाल आदर्शलाई अन्तराष्ट्रिय अवार्ड

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
adarsha_school.jpg

स्याङ्जा । स्याङ्जाको वालिङ स्थित नेपाल आदर्श माध्यमिक विद्यालयले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार शैक्षिक क्षेत्रको भुमिका पुरा गरेको भन्दै विद्यालयले अन्तराष्ट्रिय स्कुल अवार्ड पाएको हो । वालिङका शैक्षिक, उद्योगी व्यवसायी, समाजसेवी लगायतको सक्रियतामा स्थापना गरेको नेपाल आदर्शले अन्तराष्ट्रिय मापदण्ड शुरु गरेको १ बर्ष भित्रै यो अवार्ड पाउन सफल भएको छ ।

 देशभरीका ९० ओटा विद्यालय सहभागी भएकोमा २६ ओटा विद्यालयले मात्रै यो अवार्ड पाउन सफल भएको विद्यालयका प्रिन्सिपल हुमकान्त गौतमले बताए । यो अवार्डले हामीलाई अझै शैक्षिक गुणस्तर सुधारका लागि चुनौति थपिएको छ प्रिन्सिपल गौतमले भने,“शैक्षिक क्षेत्रमा देखिएको बिकृतिलाई चिर्दै अझै उत्कृष्ट विद्यालय बनाउने प्रयत्नमा रहने छौं ।

एक बर्ष देखि विट्रिस काउन्सिल सगँ विभिन्न विषयमा १६ ओटा प्रोजेक्ट तयार गरी दशी प्रमाण विद्यालयले पेश गरेको थियो । उक्त प्रमाणलाई विट्रिस काउन्सिलका प्रतिनिधि र नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरुको रोहवरमा प्रोजेक्ट मुल्याङ्कन हुदा विद्यालयले अवार्ड पाउन सफल भएको प्रिन्सिपल गौतमको भनाई छ ।

दक्षिण एशियाका तिन ओटा मुलुकका विभिन्न विद्यालयसगँ विद्यार्थीहरुको पाठ्यक्रम सिकाई इन्टरनेट मार्फत अनुभव साटासाट गर्दै आएका छन् । जसले अन्तराष्ट्रिय स्तरमा शिक्षाको गुणस्तर र यो विद्यालयको गुणस्तरमा विद्यार्थीलाई थाहा हुने छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल कुँवरले भने,“यो सहकार्यत्मक प्रणालीलाई विद्यालय अगाल्दा अभै शैक्षिक गुणस्तरमा टेवा पुग्ने ठाने छौं ।” विद्यार्थीको सिर्जनात्मक र वोद्धिकताको विकास र नेतृत्व तथा व्याक्तित्वको विकासमा विद्यार्थी अन्तराष्ट्रियसगँ जोडिन पाएका छन् उनले भने ।

विद्यालयले पाएको अवार्ड वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन् । शैक्षिक विकासका लागि जिल्लाकै नाम अन्तराष्ट्रिय स्तरमा यो विद्यालयले पुर्‍याएको छ प्रमुख खाँणले भने । स्मार्ट सिटीको अवधारणा अगाडी सार्दै वालिङ नगरपालिका अगाडी बढेको छ प्रमुख खाँणले भने,“विद्यालय स्मार्ट, विद्यार्थी स्मार्ट, शिक्षक स्मार्ट र अभिभावक पनि स्मार्ट बन्नुभएको छ ।” इन्टरनेटको माध्यमबाट अन्तराष्ट्रिय सगँ जोडिएर शैक्षिक गुणस्तरलाई उकास्ने काम विद्यालयले गरेको छ उनले भने ।

आदर्शले जस्तै सबै विद्यालयले पनि गर्नु आजको आवश्यकता रहेको औल्याउदै खाँणले भने सबै विद्यालय शैक्षिक गुणस्तरमा लाग्न सके वालिङ शैक्षिक नगरीको स्मार्ट नगर बन्ने छ । शैक्षिक क्षेत्रमा सरकारले गरेको लगानी खेर गइरहेका बेला नीजि स्तरबाट संचालन गरिएको विद्यालयले अवार्ड पाउनु सफलता भएको सरकारी अधिकारीहरुको भनाई छ । सरकारी विद्यालयहरुले पनि नेपाल आदर्शको सिकाईलाई पछ्याउन जिल्ला शिक्षा कार्यालय स्याङ्जाका सहायक शिक्षा अधिकारी बावुराम सापकोटाले बताए ।

सबैमा इच्छा शक्ति भयो भने मात्रै गुणस्तरको शिक्षा प्रदान गर्न सकिने सापकोटाको भनाई छ । जिल्लाकै पहिलो अन्तराष्ट्रिय अवार्ड बाट सम्मान पाएको आदर्श साच्चै आदर्शको रुपले चिनिने छ सहायक शिक्षा अधिकारी सापकोटाले भने,“ यो सम्मानको गरीमालाई जोगाउदै मुलुककै नमुना बनाउन यो अवार्डले सफलता मिल्ने छ ।” शैक्षिक सुधारमा महत्वपूर्ण भुमिका खेल्ने यस्ता विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालय सहयोग गर्न तयार हुने छ सापकोटाले भने ।

 गएको हप्ता काठमाण्डौमा शिक्षा विभाग र बेलायती राजदुतबाट विद्यालयले अवार्ड पाएको थियो । सो अवार्ड हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी, जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक शिक्षा अधिकारी दिपेन्द्र ढकाल, शिक्षा कार्यालय श्रोत व्याक्ति भरतप्रसाद वगाले, पूर्व श्रोत व्याक्ति भोजराज गुरुङ, क्याम्पस संचालक समितिका अध्यक्ष रघुपति लम्साल, क्याम्पस प्रमुख दिपक लम्साल शिक्षक टिकराज गुरुङ लगायतका बक्ताहरुले विद्यालयलाई शुभकामना व्यक्त गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ