arrow

अमरबस्ती सडकको डिपिआर सुरु, बिचफाँटा-कुण्डा टेन्डर प्रक्रियामा 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ भदौ २२ बिहिबार
rukum_road.jpg

पुनर्बास । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा आर्थिक समृद्धिको आधार सडक सञ्जालको निर्माण तथा स्तर उन्नतिका लागि आफू लागि परेको सांसद दिवानसिह बिष्टले बताएका छन् ।

जिल्लामा विकासको गतिमा पछि परेको १ नम्बर क्षेत्रको बिकासमा महत्वपूर्ण हुने सडक सञ्जालको बिकासमा आफू सदैब लागेको सांसद बिष्टले बताए । अहिले अमरबस्तीको आर्यघाटदेखि उदरी -चगाउँ-त्रिभुवनबस्ती १५ किमि सडक खण्डको डिपिआर भइ रहेको र बिचफाँटा देखि कुण्डा सम्मको सडक ठेक्काको प्रक्रियामा रहेको सांसद बिष्टले बताए ।

अहिले पुनर्वासको अमृरबस्ती-उदरी-चगाउँ हुँदै त्रिभुवनबस्ती १५ किमि डिपिआरको काम भइरहेको र बिचफाँटा-त्रिभुवनबस्ती हुँदै झिलमिलासम्म जाने भए पनि कुण्डासम्मको २५ किमि सडक खण्डको ठेक्का प्रक्रियामा रहेको सडक डिभिजन कार्यालयका ईन्जिनियर नवीन थापाले बताए । सो सडकको लक्ष्य झिलमिला सम्मको रहेपनी कुण्डासम्म २५ किमि पुगेकोले त्यहीँसम्म बन्ने भएको इन्जिनियर थापाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ