arrow

धोनीको विष्फोट निर्णायक, दक्षिण अफ्रिका २२ रनले पराजित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1546833359.jpeg

एजेन्सी । भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट २२ रनले जितेको छ । जितसंगै भारतले पाँच खेलको एक दिवसीय श्रृंखला १–१ को बराबरी गरेको छ । दुई सय ४८ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिका अलआउट हुँदै दुई सय २५ रनमै समेटिएपछि भारत विजयी भएको हो ।

दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले अर्ध शतक बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भुवनेश्वरकुमार र अक्सर पटेलले समान तीन तीन विकेट लिए ।
यसअघि, पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । भारतलाई विजयी गराउन कप्तान महेन्द्रसिंह धोनीले विष्फोटक व्याटिङ्ग गर्ने क्रममा सर्वाधिक ९२ रन बनाए ।

अजिन्क्या रहानेले अर्ध शतक पूरा गर्दा शिखर धवनले २३ रन जोडे । दक्षिण अफ्रिकी बलर डेल स्टेनले ४९ रन खर्चिदै तीन विकेट झारे । यी दुईबीचको तेस्रो एक दिवसीय कार्तिक १ गते (अक्टुबर १८) मा हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ