arrow

लोहारको पार्थिव शरीर विहान ८ बजेदेखि सानेपामा, काँग्रेसले भन्यो‘पार्टीलाई अपुरणीय क्षति’ 

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
Pratap-Ram-Lohar-NC.jpg

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य, दलित आन्दोलनका एक अथक योद्धा एवं समाजसेवी ७४ वर्षीय प्रतापराम लोहारको निधन भएको छ । शुक्रबार साँझ ५ बजे काठमाडौँको सुमेरु अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी विगत केही समयदेखि मधुमेह, मृगौला र उच्च रक्तचापबाट पीडित थिए। उनको श्रीमती, एक छोरा र चार छोरी छन् । 

नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन् ‘“नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य प्रतापराम लोहारको निधनको खबरले मलाई अत्यन्त मर्माहत र दुःखीत बनाएको छ । उहाँको निधनबाट नेपाली कांग्रेसको संगठन तथा समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । नेपाली कांग्रेसको संगठन, लोकतन्त्रको सुदृढीकरण र  दलित उत्थानमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रही रहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारमा पार्टी र मेरो तर्फवाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

स्वर्गीय लोहारप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीरलाई आइतबार विहान ८:३० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ । पूर्व केन्द्रीय सदस्य प्रतापराम लोहारको निधनमा नेपाली काँग्रेस गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा समवेदना प्रकट गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ