arrow

के भन्छन् जनकपुर उपमहानगरपालिकाका मेयरका उम्मेद्धवारहरु ? यस्तो रहेछ जित्ने आधार

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
janakpur-ko-program.jpg

जनकपुर । जनकपुर उमहानगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आफूले जिते जनकपुरको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । आईतबार जनकपुरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवारहरुले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका मेयरका उम्मेद्धवार मनोज साहले मधेश एकातिर हुँदा एमाले अर्को्तिर भएको आरोप लगाए । उनले २ नम्बर प्रदेशको राजधानी जनकपुरलाई बनाउने योजना आफूसँग रहेको बताए ।

त्यस्तै कांग्रेसको पालामा हुलाकी राजमार्ग, सडक विकास भएको भन्दै जनकपुरमा आफूले जित्ने दाबी गरे । उनले आफूले जित्ने आधार भनेको नै ०४९, ०५४ को चुनावमा कांग्रेसकै बाघी उम्मेद्धवारले जितेका थिए तर यसपटक कोही पनि बाघी उम्मेद्धवार नभएको बताउँदै भने,“यो पटक पार्टी्भित्र कुनै असहमति छैनन, जितको सुनिश्चित छ ।” पूर्व मन्त्री एवम् नेता विमलेन्द्र निधि निकट मानिने साहले निधिको खुलेरै प्रशांसा गरे । साहले भने,“उहाँले जनकपुरकोमात्रै नभएर समग्र मधेशको विकासकोलागि धेरै काम गर्नुभएको छ, जनताले कांग्रेसलाई धेरै विश्वास गर्नुभएको छ, यो पटकको निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं।”

साह नगर सभापति पनि हुन् । नेविसंघबाट राजनीतिमा होमिएका उनी ०४४ सालमा सक्रिय सदस्यता लिएर राजनीतिमा होमिएका नेता हुन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार चन्द्रशेखर साहले अहिलेसम्म जनकपुरमा अरु दल र यसका मेयर तथा उपमेयर कसैले केही गर्न नसकेको आरोप लगाए । उनले फोहोर व्यवस्थापन गर्ने र जनकपुरलाई पर्यटकीय हब बनाउने आफ्नो योजना रहेको बताए । त्यस्तै उनले जनकपुरलाई समृद्ध शहर बनाउने समेत विश्वास दिलाए ।

स्वतन्त्र उम्मेद्धवार दिपनारायाण महतोले जनकपुरको विकासको लागि रोड र ग्रिन सिटीको अवधारणा अघि सारेका छन् । पूर्व ईन्जिनियर समेत रहेका महतोले आफ्नो पहिलो प्राथमिकता नै रोड र ग्रिन सिटी बनाउने रहेको बताए । त्यस्तै उनले खानेपानी र ढल निकासीको पनि अवधारणा अघि सारेका छन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेद्धवार सञ्जय ठाकुरले पनि सामाजिक बहिष्कृतलाई सम्मान गर्ने र जनकपुरलाई समृद्ध उपमहानगर बनाउने योजना सुनाए ।

अर्का उम्मेद्धवार विवेक भारद्धाजले (जो २२ वर्षे युवा नेता समेत हुन्) नेपाली जनता दलबाट पाँग्रो चुनाव चिन्ह लिएर चुनाव लडेका हुन् । उनले ठूला दलका नेताहरुले विकासको नाममा जनताको आँखामा धुलो छर्ने काम गरेको आरोप लगाउँदै युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनको लागि पनि आफ्नो उम्मेद्धवारी भएको जिकिर गरे ।त्यस्तै उनले जनकपुरको फोहोर व्यवस्थापन गर्ने र खानेपानीको उचित प्रवन्ध गर्ने आफ्नो एजेण्डा रहेको सुनाए । फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेद्धवार बनेका हंसराज साहले जनकपुरको जनता र सहरको विकास, र जनकपुरलाई महानगरपालिका बनाउने प्राथमिकता सुनाए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ