arrow

दुई कोइरालाको बीचमा बसेर देउवाले भने ‘आचारसहिताले काममा बाधा पुर्‍याएको छैन’

मन्त्रिमण्डल विस्तार आवश्यकता अनुसार

logo
कुमोद अधिकारी 
प्रकाशित २०७४ भदौ २७ मंगलबार
deuba_biratnagar1.JPG

विराटनगर । प्रधानमन्त्री शेरवहादुर देउवाले निर्वाचन आयोगले लगाएको आचारसंहिताले सरकारलाई कामगर्न  अपठयारो नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग समन्वय गरेर सरकार अघि बढिरहेकाले आचारसंहिताले सरकारको काममा अवरोध नपु¥याएको प्रष्ट पारे । 

उनले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनकै लागि आयोगले आचारसंहिता  लगाएकाले आचार संहिताको सरकारले पुर्ण रुपले पालना गरेको बताए । प्रधानमन्त्री देउवाले आचार संहिता विपरित सरकारले कुनैपनि काम नगरेको  बताए । एक प्रश्नमा प्रधानमन्त्री देउवाले नेपाली जनताको भावना र आवश्यकता अनुसार संविधान संशोधन गर्दै जान सकिने बताए । 

उनले संविधानलाइ सर्वस्वीकार्य वनाउन मधेशका जनताको आवश्यकता र चाहना अनुसार एमालेसँग सहमती गरेर संविधान संशोधन गरिने बताए । नेपाली काँग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस मधेश र मधेशी जनताको भावना वुझने पार्टी भएकाले मधेशको मागप्रति काँग्रेस गम्भीर रहेको उनले बताएं ।

प्रधानमन्त्री देउवाले तेश्रो चरणको निर्वाचनले तराई मधेश अहिले निर्वाचनमय भएको बताए । उनले आयल निगम जग्गा प्रकरणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले त्यस विषयमा सरकार मौन बसेको छैन भने यो विषयमा विभिन्न समितिले छानविन गरिरहेकाले सरकारले हाथ नहालेको प्रष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ